
२२ बैशाख, काठमाडौं । सरकारले देशैव्यापी लागु गरिएको लकडाउन खुलेको भोलीपल्टबाटै नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने जनाएको छ । बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउदै लकडाउन खुलेको अर्को दिन वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने बताएका हुन् ।
कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । ‘बन्दाबन्दी कायमै रहे पनि केही खुकुलो गरिने र विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढ्ने भएको छ ।
मन्त्री पोखरेलले सामुदायिक ‘सरकारी’ विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘ शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अधिकांश सामुदायिक विद्यालयले नतिजा प्रकाशन गरिसकेको बताए ।
पाठ्यपुस्तक ढिलो पुग्ने भएकाले मन्त्रालयले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई ‘सफ्ट कपी’उपलब्ध गराउनु पर्ने तर, अहिले अनलाइन शिक्षणचाहिँ आवश्यक नभएको र यसले विभेद सिर्जना गर्ने उनले बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’का अध्यक्ष टीकाराम पुरीले वैशाख २५ गतेको पर्खाइमा रहेको बताए । त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिकांश विद्यालयले अनलाइनबाट नतिजा प्रकाशन गरेको र नयाँ भर्नाको तयारीमा जुटेको बताए ।
निजी विद्यालयले मुनाफा कमाउने उद्देश्यले हरेक वर्ष पाठ्यपुस्तक फरक फरक प्रकाशकसित सम्झौता गरेर लागू गर्दछन् । त्यसैगरी विद्यार्थीको पोसाक, पाठ्यपुस्तकसमेत विद्यालयले भनेकै ठाउँमा मात्र खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
प्रतिक्रिया