काठमाडौंका ठूला होटलहरू ६ महिनासम्म बन्द हुने
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १३:६:५१
२२ बैशाख, काठमाडौं । सरकारले लागु गरेको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गर्ने भएका छन्। काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका हुन्।
होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ। अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले बन्द गर्ने निर्णय गरेका हुन्।
संघले बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२।५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउनुपर्ने संघले सरकारसँग माग गरिरहेको बताएको छ। तलब एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा गर्दै आएको र अहिले संकटको समयमा त्यहीबाट मजदुरलाई तलब दिनुपर्ने सञ्चालकहरूले माग गरेका छन्।
संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले कर्मचारी तथा मजदुरलाई महिनैपिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको तर बन्द गर्ने भने प्रस्ताव गरिएको बताए ।
ु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार