आइतबार , बैसाख ५, २०७८

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३५ लाख भन्दा धेरै

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३५ लाख भन्दा धेरै

२२ बैशाख, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३५ लाख ६५ हजार १ सय २० जना संक्रमित भएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन । अहिलेसम्म २ लाख ४८ हजार मानिसको भने कोरोनाले ज्यान लिइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा साढे ११ लाख संक्रमित छन । साढे ६८ हजार मानिसको कोरोनाले मृत्यु भएको छ । यस्तै स्पेनमा २ लाख ४७ हजार संक्रमित हुँदा २५ हजार मानिसको मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इटालीमा २ लाख ९ हजार मानिस संक्रमित छन । अहिलेसम्म २८ हजारको ज्यान गएको छ । बेलायमा पनि २८ हजारले नै कोरोनाबाट ज्यान गुमाउँदा १ लाख ८२ हजार संक्रमित छन ।

फ्रान्समा १ लाख ६८ हजार संक्रमित हुँदा २४ हजारको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ६५ हजार, रुसमा १ लाख ३४ हजार, टर्कीमा १ लाख २४ हजार मानिस संक्रमित छन ।

दक्षिण एसियातर्फ भारतमा ४० हजार मानिस संक्रमित छन भने १३ सय जनाको कोरोनाले मृत्यु भएको छ । पाकिस्तानमा १९ हजार संक्रमित रहदा ४ सय ४० जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै १६ जना नयाँ संक्रमित थपिदा १६ जना यसअघि नै उपचारपछि घर फर्किसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय