अफगानिस्तानमा झन्डै एकतिहाइ मानिसमा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १६:५३:४१
२२ बैशाख, एजेन्सी । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार ५०० जनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको हो। उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढाइदिएको छ । ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट नभएको समाचार एजेन्सीले जानकारी दिएका छन् ।
केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए अफगानिस्तानमा अहिलेसम्म २,७०० जना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले भाइरस विस्तार रोक्न राजधानी काबुलका बासिन्दालाई घरभित्रै रहन भनिएको बीबीसीले जनाएकाे छ । अफगानिस्तान लामो द्वन्द्वले थिलथिलो भएको देश हो। त्यसैले त्यहाँको स्वास्थ्य प्रणालीले ठूलो महामारीको सामना गर्न नसक्ने ठानिन्छ।
विशेषज्ञहरूले सङ्क्रमण अचानक ठूलो मात्रामा फैलिएमा त्यसले अफगानिस्तानको कमजोर स्वास्थ्य प्रणालीलाई तुरुन्तै निष्प्रभावी तुल्याइदिने चेतावनी दिएका छन्।
अन्तराष्ट्रिय सहायताको आग्रह
अफगानिस्तानमा पहिलो सङ्क्रमण इरानसँग सीमा जोडिएको हेरात प्रान्तमा फेब्रुअरी महिनाको अन्त्यतिर पुष्टि भएको थियो। एप्रिल महिनामा राष्ट्रपतिको कार्यालयमा कार्यरत केही दर्जन कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएको समाचार आएको थियो।
सरकारले त्यसबारे कुनै टिप्पणी गरेको छैन। सेभ द चिल्ड्रनले कोरोना भाइरस सङ्कटका कारण खानेकुराको मूल्य निकै बढेपछि अफगानिस्तानमा ७० लाखभन्दा धेरै बालबालिका भोकमरीको जोखिममा रहेको चेतावनी केही दिनअघि दिएको थियो।
लकडाउनका कारण आपूर्ति व्यवस्थामा बाधा उत्पन्न भएपछि खाद्यपदार्थको मूल्य बढेको हो। सहायता संस्थाहरूले तत्काल अन्तराष्ट्रिय सहयोग गर्न आग्रह गरिरहेका छन्। उनीहरूका अनुसार अफगानिस्तानमा महामारीको सबैभन्दा ठूलो प्रभावको कारण भाइरस नभई भोकमरी हुन सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार