बुधबार , बैसाख ८, २०७८

सरकार ४२ दिनदेखि जारी लकडाउन थप गर्ने तयारीमा

सरकार ४२ दिनदेखि जारी लकडाउन थप गर्ने तयारीमा

२२ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक अहिले केहीबेरमा सिंहदरबारमा बस्न लागेको  छ । समितिको बैठकमा लकडाउनको समय थप लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले ४२ दिनदेखि जारी रहेको लकडाउन थप गर्ने तयारी गरेको हाे । सरकारले यसअघि घोषणा गरेको लकडाउन २५ वैशाखमा सकिँदैछ । बैठकले सरकारलाई सरकारलाई लकडाउन थप गर्ने र केही खुकुलो गर्ने नयाँ मोटालिटीको बारेमा सिफारिस गर्ने बताइएको छ ।

देशका केही भागमा लकडाउन खुकुलो गरेपनि भारतसँग सीमा जोडिएका जिल्लामा लकडाउन खुकुलो गर्न नहुने सुझाव सुरक्षा निकायले यसअघि नै समितिलाई दिइसकेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन लगाउदै आएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमित ७५ जना पुगेका छन् । ती मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय