बिहिबार , बैसाख २, २०७८

जाखोरतालबाट कटुवा पेस्तोलसहित तीन जना पक्राउ

जाखोरतालबाट कटुवा पेस्तोलसहित तीन जना पक्राउ

२२ बैशाख, कैलाली । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूह ‘आरआइटी’का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय