आइतबार , बैसाख ५, २०७८

उच्चस्तरीय समिति अनिर्णित, लकडाउन बारे भोलि मात्रै निर्णय आउने

उच्चस्तरीय समिति अनिर्णित, लकडाउन बारे भोलि मात्रै निर्णय आउने

२२ बैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न गरिएको बन्दको स्वरुपबारे छलफल गर्न बसेको उच्चस्तरीय समितिको बैठक अनिर्णित भएकाे छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समितिका प्रवक्ता नारायणप्रसाद विडारीले कोरोना रोकथामबारे गरेका प्रयासहरु सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको बताए । समितिका प्रवक्ता विडारीका अनुसार लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरे मंगलबार बस्ने बैठकले केही निर्णयहरु गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ ।

उनले अहिलेसम्म पिसीआर विधिबाट १३ हजार ४२० र आरडिटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै मङ्गलबारको बैठकले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए । प्रवक्ता विडारीले भने, “सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढङ्गमा र रोगको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ रु २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो ।” कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ ।

बैठकले पहाडी तथा हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो पार्ने सुझाव दिएको छ । अवस्था हेरेर ती जिल्लामा आन्तरिक आवागमन सुचारु गर्न समितिले प्रस्ताव गरेको हो । अब मंगलबारको मन्त्रिपरिषद बैठकले यसबारे अन्तिम निर्णय गर्ने छ । समितिले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय