आइतबार , बैसाख ५, २०७८

भीरकोटलाई पतञ्जलीको ५० वोरा चामल र सहकारी संस्थाको १५ हजार सहयोग

भीरकोटलाई पतञ्जलीको ५० वोरा चामल र सहकारी संस्थाको १५ हजार सहयोग

२२ वैशाख, स्याङ्जा । भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पतञ्जली योग समिति स्याङ्जा वालिङ्ले रु १ लाख ५ हजार वरावरको चामल सहयोग गरेको छ भने छाङ्छाङ्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ हजार र नेवा आमा समुहले करिब आठ हजार सहयोग गरेका छन् ।

विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस सक्रंमणको सख्या नेपालमा दिनानुदिन बढिरहेको छ । यसबाट बच्न नेपालमा गरिएको लकडाउनबाट अति प्रभावितहरुको राहतको लागि नगरपालिकाले सुरु गरेको राहत अभियानमा सहयोग आउने क्रम बढेको हो । यस्तो अवस्थामा ज्यालामजदुरी, गरिब, असहाय र अति विपन्नहरुलाई साँझ विहान हातमुख जोड्न मुस्किल भैरहेको भनी आचार्य श्री बालकृष्ण महाराज र स्वामी योगगुरु रामदेव महाराजको निर्देशनमा पतञ्जली योग समिति स्याङ्जा वालिङ्मार्फत भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी योग समितिका उपाध्यक्ष विष्णुप्रताप खाँण र पदाधिकारीहरुको उपस्थितिमा योग समिति स्याङजाका अध्यक्ष नारायण तिवारीले रु १ लाख ५ हजार वरावरको पतञ्जली गोल्ड नामक २५ केजीका ५० वोरा चामल नगर प्रमुख छायाँराम खनाललाई हस्तान्तरण गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै भीरकोट नगरपालिका वडा न ४ छाङ्छाङदीमा रहेको श्री छाङ्छाङ्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,कोषाध्यक्ष शोभितबहादुर थापा र लेखा संम्योजक शोभाकान्त पौडेलले संयुक्त रुपमा रु १५ हजार र सोही वडामा रहेको नेवा आमा समुह हटियाका अध्यक्ष दिलकुमारी श्रेष्ठ र सचिव निरुकुमारी श्रेष्ठले राहत कोषमा जम्मा हुने गरी रु ७ हजार ५ सय ५ नगर प्रमुख छायाँराम खनाललाई प्रदान गरे ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने सहयोग वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटवासीलाई नगरपालिका एक्लैले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले नगरभित्रका सबै सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था आइपरेको बताए ।

नगरपालिकाको ९ वटै वडाका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको वताउदै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने नगरपालिकामा आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गरेकोमा सहयोगीलाई धन्यवाद व्यक्त गरे ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १३ लाख ४६ हजार ७ सय ६८ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय