बिहिबार , बैसाख २, २०७८

कोरोना संक्रमित बढेपछि नेपालगञ्जमा लाग्याे कर्फ्यु !

कोरोना संक्रमित बढेपछि नेपालगञ्जमा लाग्याे कर्फ्यु !

२२ बैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी

कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम १ हप्ता पहिले
अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन : प्रचण्ड अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन : प्रचण्ड ३ हप्ता पहिले
गितसंगितबाटै विश्व किर्तिमानी कायम गदै डा.उपाध्याय गितसंगितबाटै विश्व किर्तिमानी कायम गदै डा.उपाध्याय २ दिन पहिले
भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा ३ दिन पहिले
सातै प्रदेशका ५० ठाँउमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने, कुन प्रदेशमा कति ? सातै प्रदेशका ५० ठाँउमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने, कुन प्रदेशमा कति ? १ दिन पहिले
ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको शेयरमा उच्च खरिद माग, कुनको कति ? ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको शेयरमा उच्च खरिद माग, कुनको कति ? १ हप्ता पहिले
कम सामान दिएर ठगी गर्ने हार्डवेयरमा शिलबन्दी कम सामान दिएर ठगी गर्ने हार्डवेयरमा शिलबन्दी २ हप्ता पहिले
सरकारले बन्दाबन्दीको अवधीमा भुक्तानी गर्नुपर्ने विद्युत डिमाण्ड शुल्क छुट दिने सरकारले बन्दाबन्दीको अवधीमा भुक्तानी गर्नुपर्ने विद्युत डिमाण्ड शुल्क छुट दिने ४ हप्ता पहिले