खच्चरबाट सहुलियत दरमा गाउँगाउँमा चामल र नुन
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार १७:२७:२५
२३ बैशाख, रुकुमपूर्व । बन्दाबन्दी लम्बिँदै गएपछि रुकुम ‘पूर्व’को दुर्गम क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाले सबै वडामा सहुलियत दरमा चामल र नुन ढुवानी सञ्चालन गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको खाद्यान्न अभाव पूर्ति गर्न सहुलियत दरमा गाउँगाउँमा चामल र नुन पठाइएको हो ।
गाउँपालिकामा सामान ढुवानी गर्न त्यति सहज भने छैन । सडक पुगेका ठाउँमा गाडी र नपुगेका ठाउँमा घोडा र खच्चरमार्फत सामान ढुवानी गरिएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । चौध वटा वडा रहेको पुथाउत्तरगंगा– १०, ११, १२, १३, र १४ मा मात्र सडक सुविधा पुगेको छ । अन्य वडामा भने खच्चरबाट चामल र नुन ढुवानी गरिएको छ ।
जिल्लाको सबैभन्दा ठूलो पुथाउत्तरगंगामा गाउँपालिकाको केन्द्रबाट कुनै वडामा पुग्न तीन दिन लाग्छ । घोडा खच्चरमार्फत वडा नम्बर २ को पेल्मामा तीन दिन लगाएर चामल र नुन पु¥याइएको उपाध्यक्ष शाहीले बताए ।
दाङबाट ल्याइएको ३४० क्विन्टल चामल र साल्ट ट्रेडिङ कर्पोरेशन रुकुमकोट वितरण केन्द्रले पठाएको दुई सय क्विन्टल आयोडिनयुक्त नुन गाउँपालिकाले आफ्नै ढुवानी खर्चमा सबै वडामा पु¥याएको हो । बन्दाबन्दीका समयमा विभिन्न ठाउँमा खाद्यान्नमा मूल्य वृद्धि भएको समाचार आइरहँदा गाउँपालिकाले भने निःशुल्क ढुवानीमा गाउँगाउँमा चामल र नुन पठाएको हो ।
गाउँपालिकाले गत आइतबारदेखि चामल र नुन ढुवानी शुुरु गरेको थियो । लगभग दुई साता लगाएर सबै वडामा चामल र नुुन पठाइएको छ । गाउँगाउँमा पु¥याइएको चामल प्रतिक्विन्टल रु चार हजार ८१२ र प्रतिपोका नुन रु १० बिक्रीवितरण भइरहेको उपाध्यक्ष शाहीले बताए ।
गाउँपालिकाले निःशुल्क ढुवानीसहित गाउँगाउँमा सहुलियत दरमा चामल र नुन पु¥याएपछि नागरिक खुशी छन् । बन्दाबन्दीमा खाद्यान्न उपलब्धताको असहजतालाई झेलिरहेका नागरिकले गाउँमै सहुलियत दरमा चामल र नुन पाएपछि सहज भएको वडा नं २ पेल्माका वीरभान बुढाले बताए ।
यसैगरी सिस्ने गाउँपालिकाको वडा नम्बर १ प्वाङ र वडा नम्बर २ सिस्नेमा पनि खच्चरमार्फत नै खाद्यान्न ढुवानी हुने गरेको छ । ती वडाले घोडा खच्चरमार्फत खाद्यान्न ढुवानी गरेर विपन्न परिवारलाई राहत पनि वितरण गरिसकेका छन् ।
वडा नम्बर २ का केही भागमा सडक पुगे पनि ढुवानीका सवारी साधन भने चल्न सकेका छैनन् । वडा नं १ मा भने अझै सडकको सुविधा पुगेको छैन । बन्दाबन्दीमा वडामा खाद्यान्न अभाव हुन नदिन घोडा खच्चरमार्फत सामान ढुवानी गरिएको वडा नं १ का वडाध्यक्ष मानबहादुर बुढाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार