बुधबार , बैसाख ८, २०७८

राहत वितरणमा राजनीतिकरणः सचेतक निर्मला क्षेत्री

राहत वितरणमा राजनीतिकरणः सचेतक निर्मला क्षेत्री

२३ बैशाख, बुटवल ।  पछिल्ला दिन कोरोना भाइरसको हटस्पट बनेपछि नेपालगञ्जबासी यतिबेला त्रसित छन् । एउटा टोल नै संक्रमणको चपेटामा आएपछि नेपालगञ्जबासीमा भय बढ्नु स्वभाविक हो । त्यो भन्दापनि ठूलो डर चाहिं अस्पतालमा परीक्षण गर्ने ल्याब नै बन्द गर्नुपर्ने अवस्था आएको छ । सरकारले पर्याप्त कीट नदिएकाले कन्ट्याक्ट ट्रेसिङ गरेकाहरुको नमूना परीक्षण गर्न पाइएको छैन ।

यसको मुख्य जिम्मेवारी बोकेको प्रदेश सरकार भने बेफिक्र छ । प्रदेश नं.५ अन्तर्गत पर्ने नेपालगञ्ज र मर्चेवार क्षेत्रमा संक्रमित फेला परेका छन् ।  पर्याप्त कीट नहुँदा सबैको स्वास्थ्य जोखिममा परेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सत्ता राजनीतिमा केन्द्रित छन् । आफ्ना गडफादर केपी ओलीको संकटमोचन गर्न उनी लामो समय राजधानी काठमाडौंमै अलमलिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैले प्रदेश सरकारको ध्यान कोरोना संक्रमण नियन्त्रणमा थोरै मात्र देखिएको छ – प्रदेश ५, नेपाली कांग्रेस संसदीय दल की सचेतक निर्मला क्षेत्री भन्छिन् । अहिले त कोरोनाको केन्द्र विन्दू नै हाम्रो प्रदेश भएको छ, तर सरकारको ध्यान अन्यत्रै छ – सचेतक क्षेत्री रोष प्रकट गर्छिन् । नेपालगञ्जमा एकैदिन १६ जना संक्रमित फेला परे भन्दै तर संभावित संक्रमितको स्वास्थ्य परीक्षण गर्न पर्याप्त कीट नै छैन – उनले गुनासो गरिन् ।

प्रदेश नं. ५ मा तीनवटा ठूला नाका छन्, जहाँबाट सजिलै भारत आउजाउ हुने गरेको छ भन्दै उनले ती नाकाबाट बिना परीक्षण अहिले पनि निर्वाध रुपमा तरकारी र फलफुल आयात भइरहेको जानकारी दिइन् । यसबारे प्रदेश सरकारको सम्बद्ध निकायमा कुरा गर्दा केन्द्र सरकारले नै भारतसँगको सम्बन्ध नबिगार्न यस्तो आदेश आएको जानकारी पाएको बताइन् । आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग यसबारे हामीले कुरा गर्दा प्रधानमन्त्रीकै तहबाट तरकारी र फलफल ल्याउन नरोक्नू भन्ने आदेश रहेको बताइयो– सचेतक क्षेत्रीले नेपालबहस डटकमसँग कुराकानी गर्दै बताइन् ।

यसबाट कोरोना संक्रमणको जोखिम अझै थपिएको भन्दै उनले जनस्वास्थ्यसँग गरिएको यो खेलबाडले प्रदेश ५ आक्रान्त रहेको बताइन् । यस्तो गम्भिर विषयमा मुख्यमन्त्री सिरियस नभएकोप्रति रोष प्रकट गर्दै उनले भनिन्– जनताको कष्ट भन्दा सत्ता जोगाउन नै उहाँहरु सक्रिय हुनुहुन्छ । प्रदेश नं. ५ मा धेरै भित्री बाटाहरु रहेको स्पष्ट गर्दै सचेतक क्षेत्रीले भनिन्– त्यहाँबाट निर्वाध मानिस आवतजावत गरिरहेका छन्, तर प्रदेश सरकार मौन छ । साथै, कोरोनाविरुद्ध प्रत्यक्ष युद्ध गर्ने चिकित्सकहरुका लागि पर्याप्त पीपीई नभएको गुनासो रहेको पनि उनले बताइन् ।

सरकारले वितरण गर्ने राहतमा चरम राजनीतिकरण भएको जानकारी दिंदै सचेतक क्षेत्रीले वास्तविक पीडित भने राहत पाउनबाट बञ्चित रहेको खुलासा गरिन् । राहत वितरणका नाममा पक्षपात मात्र हैन, भ्रष्टाचार समेत भएको आशंका गर्दै उनले यसको तत्कालै छानविन गर्न माग गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय