आइतबार , बैसाख ५, २०७८

सरकारको साक्षर नेपाल घोषणा गर्ने अभियान प्रभावित हुने

सरकारको साक्षर नेपाल घोषणा गर्ने अभियान प्रभावित हुने

२३ बैशाख, काठमाडाैं । सरकारले २०७६/०७७ को बजेट वक्तव्यमा आगामी २ वर्षभित्र “साक्षर नेपाल” घोषणा गर्ने लक्ष्य लिएको थियो । हालसम्म राष्ट्रिय युवा साक्षरता (१५–२४ वर्ष) दर ९५ प्रतिशत र राष्ट्रिय प्रौढ साक्षरता (१५–६० वर्ष) दर ८२ प्रतिशत रहेको छ ।

हाल संस्थागत संरचनाका रूपमा संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै देशभर विद्यालयहरू, २१५१ ओटा सामुदायिक अध्ययन केन्द्रहरू, ११३ ओटा खुला विद्यालय र १७३ ओटा अनौपचारिक प्रौढ विद्यालय क्रियाशिल रहेका छन् । प्रविधिको पहुँच पुगेका विद्यालयहरु १० देखि १५ प्रतिशत रहेको अनुमान छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले केही वर्षदेखि नै देशभरीका सामुदायिक विद्यालयहरुमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने योजना बनाएको थियो । मध्यपहाडी लोकमार्गमा फाइबर बिछ्याउने काम नसकिएको कारण त्यस क्षेत्रका अधिकांश विद्यालयहरु इन्टरनेटविहिन छन । गतवर्ष नेपाल दुरसञ्चार प्राधिकरणले ९ सय बढी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउने गरि काम शुरु गरेको छ भने विभिन्न प्रदेशहरुले पनि शिक्षाका योजनाहरु ल्याएका छन । तर सरकारको साक्षर घोषणा गर्ने अभियान अहिले प्रभावित हुने विज्ञहरुले बताएका छन । अब सरकारले देशभरका विद्यालयसँगै विद्यार्थीहरुको पहुँचमा पुग्नेगरि इन्टरनेट कनेक्टिभिटी पुर्याउदै शिक्षालाई आवश्यक प्रशिक्षण गर्नुपर्नेमा सबै वक्ताहरुले जोड दिएका छन ।

सरकारले वि.सं २०७२ सम्ममा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम तर्जुमा गरेर साक्षर नेपाल घोषणा गरिसक्ने लक्ष्य लिइकोमा वि.सं २०७५ असारसम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भै सकेका छन् । साक्षरता घोषणा हुन ९५ प्रतिशतमा बालवालिकाहरु विद्यालय शिक्षामा आवद्ध भएको हुनुपर्नेछ । तर नेपालमा विद्यालय भर्ना भएपनि बीचमै छोड्नेहरुको संख्या उल्लेख्य छ । विद्यालय भर्नाको कार्यक्रम शुरु हुने समयमा नै शुरु भएको कारोना प्रकोप र लकडाउनले शिक्षा क्षेत्र प्रभावित भएको छ ।

एसईई, कक्षा ११ र १२ सहित विश्वविद्यालयका सम्पुर्ण परीक्षा र कक्षाहरु विगत ४० दिनदखि स्थगित छन । सरकारले यही बैशाख २६ गतेदेखि लकडाउन खुकुलो हुने क्षेत्रमा भर्ना लिइने बताएपनि पुन रोकिएको छ । कक्षा ११ र १२ को परीक्षा अनिश्चित छ भने नेपालमा विभिन्न १० विश्वविद्यालय र केही विदेशी विश्वविद्यालयका कोर्ष अध्ययन गरिरहेका लाखौ विद्यार्थीहरु अन्यौलमै छन । काठमांडौ र प्रविधिको पहुँचमा रहेका केही कलेजहरुले अनलाइन कक्षा सञ्चालन गरिसकेका छन भने यसै हप्ता अन्य केही दर्जन कलेजहरु अनलाइन शिक्षा सुरु गर्ने तयारीमा छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय