महामारीका कारण जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार २०:४४:४८
२३ बैशाख, एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो ।
जीई भनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती गर्ने जनाएको थियो । कम्पनीले उड्डयन क्षेत्रका कारखानाबाट करिब २५ प्रतिशत रोजगारी कटौती गर्ने अर्थात १३ हजार कर्मचारी हटाउने लक्ष्य राखेको छ ।
बोइङले पनि गत साता नागरिक बिमान उत्पादन कारखानामा कार्यरत करिब १० प्रतिशत अर्थात १६ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो । बोइङका ७८७, ७७७ र ७३७ म्याक्स शृंखलाका बिमानहरु निर्माणमा अबरोध आएपछि उत्पादनमा व्यापक कटौती भएको छ ।
बोइङको यस समस्याका कारण जीई कम्पनीले पनि क्षति व्यहोर्नु परेको छ । जीई कम्पनीले बोइङ र एयरबस दुबैका लागि इन्जिन निर्माण गर्दछ । गत फेब्रुअरीको तुलनामा दोस्रो चौमासिकमा विश्वभर नै हवाई उड्डयनमा ८० प्रतिशतले कमी आउने जीईको अनुमान छ । जीईले आफ्ना करिब ५२ हजार कर्मचारीलाई यस विषम परिस्थितिका बारेमा लिखित जानकारी पनि दिइसकेको छ ।
जीईका सिइओ डेभिड जोयसले कर्मचारीहरुलाई पठाएको पत्रमा कम्पनीको व्यवसाय जोगाउन पनि कर्मचारी कटौतीजस्तो कठिन निर्णय गर्नु परेको बताए। यो कर्मचारी कटौतीको मुख्य उद्देश्य नै यस वर्ष करिब ३ अर्ब डलर बचत गर्नु हो ।
यसबाहेक, बिमानहरुको मर्मतका क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारीले तीन महिनादेखि काम पाएका छैनन् । नयाँ कर्मचारी भर्ना रोकिएको छ भने बोनस बाँड्ने अवस्था छैन । जीईको पहिलो चौमासिकमा आम्दानीमा झण्डै ८ प्रतिशतले कमी आई २० अर्ब ५० करोड डलरमा सीमित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार