लकडाउनले बालबालिकामा मनोत्रासको समस्या
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार २१:४०:५७
◊ सञ्चिता घिमिरे
२३ बैशाख, काठमाडौं । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण कतिपय बालबालिकामा निद्रा नलाग्ने, झर्को लाग्ने र एउटै कुरा मनमा खेलाउने जस्ता समस्या देखिन थालेको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का समयमा बालबालिकामा मनोत्रासको समस्या बढी मात्रामा देखिएको हो । अस्पतालले अहिले पनि बालबालिकामा आउनसक्ने मनोसामाजिक समस्याको उपचारका लागि सेवा सञ्चालन गरिरहेको छ ।
त्यस्तै, अस्पताल तत्काल आउन नसक्नेका लागि ९८०८५२२४१० नम्बरमा सम्पर्क गर्न भनिएको छ । टेलिफोनमा र अस्पतालमा आएका बालबालिकामा विभिन्न किसिमका समस्या देखिन थालेको मनोचिकित्सक डा आलोक झाले बताए । उनले भने, “कतिपय बालबालिकामा कुनै समस्या नभए पनि अभिभावक बढी चिन्तित भएको पनि पाइएको छ ।”
रोगबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनुपर्ने भए पनि कतिपय अभिभावकले सन्तानलाई धेरै डर देखाउँदा समस्या आएको अस्पतालले जनाएको छ । रोगकै त्रासका कारण बालबालिकामा निद्रा नलाग्ने र अरु कुनै पनि कुरामा मन नलाग्ने समस्या पाइएको उनले बताए। कतिपय बालबालिकामा शरीर झमझमाउनेलगायत शारीरिक समस्या भने पनि उपचारका क्रममा त्यो मानसिक समस्या भन्ने देखिएको छ । बालबालिकामा यो समयमा मुख्य गरी इञ्जाइटिक ९मनोत्रास०, कन्भर्जन डिस्अर्डर र एडजेस्टमेन्ट डिसअर्डरका समस्या पाइएको छ । उनले भने, “जसरी पहिले नसोचेको कुरा एकै पटक आउँदा बयस्कमा तनाब छ त्यो कुरा बालबालिकामा पनि हुन्छ ।”
अहिले देशभरमा सङ्क्रमित ८२ मध्ये कतिपय बालबालिका समेत छन् । ती बालबालिका निको भएर फर्केपछि पनि बारम्बार आफूलाई अझै सङ्क्रमण छ कि भन्ने सोच्ने समस्या आउन सक्ने मनोचिकित्सक डा झाले बताए । समाजले अहिले पनि कोभिड–१९ को उपचारपछि घर फर्किएकालाई हेलाका दृष्टिले हेर्ने कुरा सञ्चारमाध्यममा आइरहेको छ । उनले भने, “त्यसले पनि बालबालिकामा तनाब गराउन सक्छ ।”
अस्पतालले फोनबाटै बिरामीको समस्या सुनेर आवश्यक सल्लाह दिने गरेको छ । लकडाउनको समयमा अस्पताल जान सहज नभएकाले ती अभिभावकसँग मेसेन्जर र भाइवरबाट पनि आवश्यक परामर्श दिइएको डा झाले बताए । मनोसामाजिक शाखामा कार्यरत चिकित्सकले ती बालबालिकाको घर नजिकै हुँदा वा भेटेरै उपचार गर्नुपर्दा बोलाउने गरेका छन् । उनले भने, “तत्काल आउन नपर्ने र टाढा घर भएकालाई भने फोनबाटै आवश्यक सुझाव दिइन्छ ।”
कतिपय अभिभावक साना बालबालिकालाई समेत कोभिड–१९ का बारेमा बुझाउन चाहेको पाइएको डा झाले बताए । रोगका बारेमा बुझ्ने उमेर नभएका बालबालिकालाई त्यसका बारेमा बुझाउन आवश्यक नभएको उनको भनाइ छ । ती बालबालिकालाई सफाइमा ध्यान दिने, घर बाहिर खेल्न नजाने र भीडभाडमा जान हुँदैन भन्ने कुरा अरु तरिकाले पनि बुझाउन सकिन्छ । खासगरी ६ वर्ष नाघेका बालबालिकाले रोगका विषयमा बुझ्ने हुँदा उनीहरुलाई आवश्यक कुरा मात्रै बुझाउनुपर्ने उनले बताए । यो समयमा अभिभावकले सन्तानलाई समय तालिकामा नै सबै क्रियाकलाप गराउँदा उपयुक्त हुन्छ । अभिभावकसँग पनि समय भएकाले बिहान उठेदेखि राति सुत्दासम्म के के गर्ने भनी तालिका बनाएर गर्नुपर्ने उनको सुझाव छ ।
“बालबालिकालाई मोबाइल वा टिभीमै बढी समय बिताउन दिनुहुँदैन”, उनले भने, “चित्र बनाउने, कथा भन्न, पढाउन लगाउने र अरु सिर्जनात्मक काममा लगाउन सकिन्छ ।” अस्पतालको कल सेन्टरमा अहिलेसम्म ६८ जनाले टेलिफोन गरेर परामर्श लिइसकेका छन् । तीमध्ये कतिपय भने अस्पताल पनि आइरहेका छन् । अस्पतालमै मानसिक समस्याको उपचारका लागि आउने बालबालिकाको सङ्ख्या झण्डै ८० को हाराहारीमा छ ।
कोभिड–१९ को स्याटलाइट अस्पतालका रुपमा कान्ति बाल अस्पताल रहेको छ । अस्पतालले खोप कार्यक्रम, बहिरङ्ग विभागलगायत अत्यावश्यक सेवालाई लकडाउनको समयमा पनि निरन्तरता दिएको छ । अस्पतालले कोभिड–१९ रोकथामका लागि कर्मचारीको हाजिर थम्ब नगरेर अनुहार पढ्ने ९फेस रिड० शुरु गरिएको अस्पताल निर्देशक कृष्ण पौडेलले बताए । छिट्टै इटिकेटिङ शुरु गर्न लागिएको उनले जानकारी दिए।
मानसिक समस्याबाहेकका अरु शारीरिक रोगको अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक ‘फलो अप’ का लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ । लकडाउनमा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यकबाहेक अस्पताल नआउन भनिएको हो ।
जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । यो समयमा बालबालिकामा कुनै पनि समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर मेडिकल डाक्टरसँग बुझ्न सकिनेछन् । त्यस्तै, शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ०१४४४३१३१ वा ९८४७३८६१५० नम्बरमा फोन गरेर बुुझ्न सकिनेछ । अस्पतालले कोभिड–१९ को शङ्का लागेका बिरामीलाई ‘आइसोलेसन’ श्ययामा राखेर ¥यापिड टेष्ट गर्ने र पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ के हो, यो किन महत्वपूर्ण छ ?
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार