शुक्रबार , बैसाख १०, २०७८

महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आबश्यक : राप्रपा अध्यक्ष थापा

महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आबश्यक : राप्रपा अध्यक्ष थापा

२३ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आबश्यक रहेको बताएका छन् ।

थापाले पछिल्लो समयमा यस बिषयमा बिज्ञहरुको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमितरप्रभावित क्षेत्रको वर्गिकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना भाइरस ‘कोभिड-१९’ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय बिभागले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर जिल्लाको लागि ज्वरो नाप्ने उपकरण ‘थर्मल गन’ सहयोग गरेको छ। बिभागको प्रमुख कुन्ती पोखरेलले अध्यक्ष कमल थापालाई आज १० थान थर्मल गन हस्तान्तरण गरिएको हो।

थोरै भए पनि यसरी स्वास्थ सामाग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको बिभागकि प्रमुख पोखरेलले प्रतिक्रिया दिईन्। अध्यक्ष थापाले सामाग्रीहरु मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत बिपद ब्यबस्थापन समिती कमाण्ड पोस्टमा हस्तान्तरण गर्न निर्देशन दिए ।

सो अबसरमा राप्रपा जनजाति बिभागका नेता राम बहादुर थोकरले एक हजार मास्क समेत अध्यक्ष थापालाई हस्तान्तरण गरे । सहयोगको निमित्त अध्यक्ष थापाले बिभागलाई धन्यवाद दिएका छन् । स्वास्थ सामाग्रीहरु तत्काल हेटौंडा पठाईने राप्रपा युबा नेता राजाराम बर्तौलाले जानकारी दिए । गैरसरकारी संस्था महासंङ्ग र बिभागले यस अघि पनि यस्ता सहयोगहरु निरन्तर गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय