पैदल हिँडेर घर जान लागेका मजदूर नागढुङ्गामा लुटिए
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार १:०:३८
२३ बैशाख, हेटौँडा । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौंमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् । काठमाडौंमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लुटिएका हुन् ।
नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर निजलाई लुटिएको थियो । भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेस्र्याएर निजसँग रहेको रु १५ हजार र झोला लुटिएको बताइएको छ । ठेकेदारले घर जनालाई रु १५ हजार दिएका थिए । लुटिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म आइपुगेका थिए ।
बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । उनी विराटनगर जान लागेका थिए । लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ । बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार