बिहिबार , बैसाख २, २०७८

भारतीय एक करोड रकमसहित २ जना पक्राउ

भारतीय एक करोड रकमसहित २ जना पक्राउ

२३ बैशाख, विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशिको भारतीय रकम आज बरामद भएकाे छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सो जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको भारु एक करोड नौ लाख ७९ हजार ५३० सहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।

भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ट्रकका चालक रवीकुमार शर्मा र सहचालक पप्पुकुमारलाई नियन्त्रणमा लिएको र उनीहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुण्डी कारोवारीको हुन सक्ने प्रहरीको अनुमान छ । बरामद रकम राजश्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय