आइतबार , बैसाख ५, २०७८

नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन गर्ने

नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन गर्ने

२३ बैशाख, काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक ‘जिन’को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिए । उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो । उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अहिलेसम्मको अध्ययनले दोस्रो “यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेका छन्”, उनले भने, “त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हौँ ।”

परिषद्ले सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए। उनका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताए।

जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ रहेको छ । “इटाली, वुहान र अमेरिकामा सङ्क्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन,” उनले भने, “मानिसको मेडिकल लक्षण चिह्न ‘क्लिनिकल साइन सिन्ट्रोम’ छैन । मान्छे देख्दा सामान्य छ तर सङ्क्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।”

मन्त्रालयले नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताए । जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नाष्ट’मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास ३ हप्ता पहिले
जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो ४ हप्ता पहिले
सात निर्माण कम्पनीलाई कारवाही गर्दै डिभिजन कार्यालय सात निर्माण कम्पनीलाई कारवाही गर्दै डिभिजन कार्यालय २ हप्ता पहिले
२४ घण्टामा थप १४१ जनामा संक्रमणकाे पुष्टि २४ घण्टामा थप १४१ जनामा संक्रमणकाे पुष्टि ३ हप्ता पहिले
दमक अस्पतालबाट नाक, कान, घाँटीको शल्यक्रिया शुरु दमक अस्पतालबाट नाक, कान, घाँटीको शल्यक्रिया शुरु ३ हप्ता पहिले
आगामी वैशाख ७ देखि कोभिड खोपको दोस्रो डोज लगाइने आगामी वैशाख ७ देखि कोभिड खोपको दोस्रो डोज लगाइने ५ दिन पहिले
कु–प्रथाको अन्त्यका लागि टोल–टोलमा प्रहरी अभियान कु–प्रथाको अन्त्यका लागि टोल–टोलमा प्रहरी अभियान ३ हप्ता पहिले
एक दशमलव ४५ प्रतिशतले बढेको बजारमा यी कम्पनीका लगानीकताले धेरै कमाए एक दशमलव ४५ प्रतिशतले बढेको बजारमा यी कम्पनीका लगानीकताले धेरै कमाए ३ हप्ता पहिले