संक्रमित धेरै भेटिएपछि डब्लुएचओको टोली नेपालगञ्जमा
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार ३:३६:२४
२३ बैशाख, बाँके । लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ । नेपालगञ् उपमहानगरपालिका–८, महेन्द्रपार्क नजीक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन ।
डब्लुएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ । बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ ।’
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ ।
समुदायस्तरमा स्वाब सङ्कलन शुरु
नेपालगञ्जको कोरोना सङ्क्रमित वडा नं ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन शुरु गरिएको छ । उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा आज बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका क्षेत्रबाट स्वाब सङ्कलन शुरु गरिएको छ ।
गत शुक्रबारदेखि मङ्गलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ । स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओको टोली नेपालगञ्ज आएर सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा जुटेको श्रेष्ठले जानकारी दिए ।
ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी गरी धेरैभन्दा धेरैजनाको स्वाब सङ्कलन गर्न यही वैशाख २५ गते मध्यरातसम्म उपमहानगरपालिका क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार