आइतबार , बैसाख ५, २०७८

घर फर्किएका दुई जनामा फेरि कोरोनाकाे पुष्टि

घर फर्किएका दुई जनामा फेरि कोरोनाकाे पुष्टि

२३ बैशाख, काठमाडौं । कोरोना भाइरससँगको लडाई जितेर घर फर्किएका दुई जनामा फेरि कोरोना संक्रमणकाे पुष्टि भएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा फेरि संक्रमण देखिएको पुष्टि भएको हो ।

उनीहरुलाई दुई दिनअघि मात्रै फेरि अस्पताल भर्ना गरिएको थियो । यसअघि परीक्षण गरिएकामा कोरोना नेगेटिभ रिर्पोट आएपछि दुबै जना नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । निको भएकामा पनि फेरि संक्रमण बल्झिएपछि जोखिम बढेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अहिलेसम्म ८२ जनामा संक्रमण देखिएकामा २२ जनालाई सञ्चो भएको छ । तर दुई जनामा फेरि संक्रमण देखिएपछि २० जना मात्रै पूर्ण रुपमा निको भएका छन । मंगलबार मात्रै उदयपुरका ६ जना संक्रमितको पीसीआर रिर्पोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय