बिहिबार , बैसाख २, २०७८

केपी ओलीले देशलाई प्रतिगमनतिर लैजाँदैछन्, अब विकल्प खोजौं : बाबुराम भट्टराई

केपी ओलीले देशलाई प्रतिगमनतिर लैजाँदैछन्, अब विकल्प खोजौं : बाबुराम भट्टराई

२४ बैशाख, काठमाडौं । पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतिर लैजान लागेको र लोकतन्त्रविरोधी हर्कत गरिरहेको भन्दै विकल्प खोज्नुपर्ने बताएका छन् । रेडियो काठमाडौंमा युपी लामिछानेसँग कुरा गर्दै उनले ओलीले भ्रष्टार र अपहरण काण्ड मच्चाएको, लोकतन्त्रविरोधी अध्यादेश ल्याएको, समृद्धि र विकासको गफ मात्र दिएको भन्दै विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले ओलीको विकल्प छैन भन्नु देशलाई बर्बाद पार्नु भएको पनि बताए ।

जबसम्म ओली प्रधानमन्त्री रहिरहन्छन् तब सम्म लोकतन्त्रमाथि संकट रहिरहने भन्दै तत्काल नेकपाले ओलीको बिकल्प दिनुपर्छ उनको भनाई थियो ।  प्रधानमन्त्री ओलीले अरु पार्टी फुटाउन सांसद अपहरण गर्न लगाउनु मानवताविरोधी अपराध र लोकतन्त्रविरोधी हर्कत भन्दै भट्टराईले भने, ‘अध्यादेश फिर्ता लिएर र माफी मागेर मात्र उनले सुख पाउने कुरा हुँदैन , नेकपाले पार्टीभित्रै कारवाही गरेर जिम्मेवारीबाट हटाओस् । त्यसो गर्न सक्दैन भने उनले जुन लोकतन्त्रविरोधी , गैरजिम्मेवार काम गरिरहनुभएको छ । देशलाई बर्बादीतिर लाँदैहुनुहुन्छ । देशलाई प्रतिगमनतिर लाँदैहुनुहुन्छ । त्यसकारण यो ओली प्रवृत्तिविरुद्ध संघर्ष जारी रहन्छ, राख्नुपर्छ । ’

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोनाको महामारीका कारण लकडाउनको अवस्थामा देशको प्रधानमन्त्रीले अर्को पार्टी फुटान आफनो दलका सांसद र पुर्वप्रहरी प्रमुखलाई लगाएर अपहरण गरेको भन्दै उनले आपत्ती जनाए । उनले जनता समाजवादी पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प बन्ने पनि दाबी गरे । उनले देशको आवश्यकताले जनता समाजवादी पार्टी सुविचारित रुपमा गठन गरिएको पनि बताए । नेकपाभित्रको विवाद अहिले समाधान भएकोजस्तो देखिनु युद्धविरामजस्तो मात्र भएको टिप्प्णी गरे । युद्धविराम अर्को युद्धका लागि शक्ति सन्चय गर्नलाई हुनेगरेको भन्दै उनले नेकपामा प्रचण्ड र ओलीबिचको मतभिन्नता टनटुंगिएकाले फेरि विवाद आउने जिकिर गरे । नेकपाभित्रको विवाद समाधानमा चीनको संलग्नताको चर्चाका विषयमा उनले कुनै आन्तरिक मामला आफैले हल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय