बिहिबार , बैसाख २, २०७८

कोरोनाको कारण विश्वभर दुई लाख ५८ हजार ३ सयको मृत्यु

कोरोनाको कारण विश्वभर दुई लाख ५८ हजार ३ सयको मृत्यु

२४ बैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस ‘कोभिड – १९’ सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वभर ३७ लाख २७ हजार ९ सय जना कोरोना सङ्क्रमित भएका छन् भने १२ लाख ४२ हजार ४ सयभन्दा धेरै निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निको भएका छन् । त्यसो त कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकोमा ७२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक लाख ३५ हजारभन्दा धेरै निको भएका छन् ।

इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निको भएका छन् । कोरोनाको कारण विश्वभर दुई लाख ५८ हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ । नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकोमा १६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रावलको निधनप्रति मन्त्री आलेद्वारा दुख व्यक्त रावलको निधनप्रति मन्त्री आलेद्वारा दुख व्यक्त २ हप्ता पहिले
किशोरीलाई गाउँबाट पढाईदिन्छु भन्दै ल्याएर बन्धक बनाई करणी ! किशोरीलाई गाउँबाट पढाईदिन्छु भन्दै ल्याएर बन्धक बनाई करणी ! ३ हप्ता पहिले
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा राजन रावत निर्वाचित नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा राजन रावत निर्वाचित ६ दिन पहिले
आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु ३ हप्ता पहिले
बागमती प्रदेश कमिटी घोषणाको तयारीमा खनाल- नेपालपक्ष  बागमती प्रदेश कमिटी घोषणाको तयारीमा खनाल- नेपालपक्ष  १ हप्ता पहिले
हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त पक्राउ हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त पक्राउ २ हप्ता पहिले
आफ्ना कामदारहरू बोतलमा पिसाब फेर्न बाध्य भएको सन्दर्भमा अमेजनले माफी माग्याे आफ्ना कामदारहरू बोतलमा पिसाब फेर्न बाध्य भएको सन्दर्भमा अमेजनले माफी माग्याे २ हप्ता पहिले
जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह २ दिन पहिले