बामदेव फेरि प्रचण्ड कित्तामा ?
कुसुम सेञ्चुरी
बैशाख २४, २०७७ बुधबार १९:२६:४१
२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेपछि साम्य भएको नेकपाभित्रको आन्तरिक किचलो फेरि बल्झने सम्भावना देखिएको छ । प्रधानमन्त्री ओलीले गत शनिबारको सचिवालय बैठकमा आत्मालोचना गदै पार्टीलाई आइन्दा विधि पद्धतिमा चलाउने प्रतिवद्धता जनाएपनि व्यावहारमा लागू गर्न आनाकानी गरेपछि फेरि भैंसेपाटी गठबन्धन बौरिने संभावना बढेको छ ।
एकाएक प्रधानमन्त्री ओलीको कित्तामा पुगेको भनिएका पार्टी उपाध्यक्ष बामदेव गौतम आज पल्टिएका छन् । आज बस्न लागेको पार्टी सचिवालय बैठकमा सहमतिको प्याकेज आउने सभावना न्यून देखिएपछि उनी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
भेटमा गौतमले आफू अहिलेसम्म प्रधानमन्त्री ओलीको कित्तामा गइनसकेको भन्दै सहमति कायम नभएपनि पुरानै गठबन्धनमा रहने सन्देश दिएका छन् । ओलीले उपयुक्त समयमा प्रतिनिधिसभा निर्वाचनमार्फत सांसद बनाएर प्रधानमन्त्री बनाउने वचन दिएका थिए । तर भोलिबाट सुरु हुने भनिएको स्थायी कमिटी बैठकमा यस्तो प्रस्ताव ल्याउने तयारी नभएको बुझेपछि गौतम भड्किएका हुन् ।
म ओलीको कित्तामा गइसकेको भनी गरिएको प्रचार मित्थ्या भएको पनि उनले प्रचण्डलाई प्रष्ट्याए । यस्तै ओलीले हिजो पार्टीका तीनजना शीर्ष नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँगको भेटमा पनि एक पद एक व्यक्ति अनुरुपको प्रस्ताव ल्याउने संकेत नगरेपछि सशंकित भएका थिए । पूर्व माओवादी र नेपाल पक्षीय नेताहरु हिजो दिनभरि नयाँ रणनीति बनाउन व्यस्त थिए ।
आज ३ बजे बस्ने भनिएको सचिवालय बैठकमा पेश गर्ने अजेण्डा अहिलेसम्म तयार नभएको प्रचण्ड निकट स्रोतले बताएको छ । भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकको अजेण्डा तयार गर्न ओलीले प्रचण्ड र पार्टी महासचिव विष्णु पौडेललाई अह्राएका छन् । तर शनिबारको सचिवालय बैठकको मर्म विपरित अजेण्डा तयार गर्न लागेको आभाष पाएपछि सबै सशंकित भएका हुन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार