आइतबार , बैसाख ५, २०७८

एसपी पन्तको वरिपरि बदनामहरुको घेराबन्दी !

एसपी पन्तको वरिपरि बदनामहरुको घेराबन्दी !

२४ बैशाख, बीरगंज । प्रहरी संगठनमा ज्यादै बदनामी कमाएका विवादित सई वैद्यनाथ दासलाई पर्साको सबैभन्दा महत्वपूर्ण र जिम्मेवार ठाउँका रूपमा रहेको इनर्वा भन्सारस्थित चौकीको इन्चार्जमा खटाइएको छ ।

चितवनमा कार्यरत रहँदादेखि नै ज्यादै बदनाम भएका सई दासलाई वीरगञ्ज हाजिर हुनेबित्तिकै इनर्वा नाका पठाउन लागिएको थियो । तत्कालीन एसपी रेवती ढकालले उनको बदनामी थाहा पाएपछि माथिको दवाव झेल्दै उनलाई इनर्वा नपठाई बसपार्क पठाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बसपार्कमा पनि त्यसरी नै बदनाम भएका असुलीधन्दाबाहेक अरू नगर्ने सई दास त्यसपछि परवानीपुरस्थित चौकीमा आएका थिए । त्यहाँ पनि ज्यादै बदनाम भएका उनी जिल्लामा तानिएका हुन् । अहिले यिनै विवादित र बदनाम भ्रष्ट भनेर चिनिने वैद्यनाथ दासलाई इनर्वा चौकीको इन्चार्जमा पठाइएको छ ।

दासले आफैंले आफुलाई स्वघोषित सिंघमको रुपमा चिनाउने गर्दछन् । तर हिन्दी फिल्मको पात्र सिंघम गुण्डा र तस्करी हटाउने प्रतीकका रुपमा चिनिन्छ भने तर सई दास भने तस्कर र अपराधीलाई लाइन चलाउन दिएर लाभ लिनेमा पर्दछन् । उनले केही दिनअघि केही बोरा छोकडा समातेर आफूलाई सिंघमको रुपमा प्रचार समेत गराएका थिए । पर्साका एसपी गंगा पन्तले क्राइम ब्रान्चको इन्चार्ज बनाएका इन्स्पेक्टर रविभूषण यादवले नै सेटिङ गरी दासलाई इनर्वा नाकाको इन्चार्जमा पठाएका हुन् । मासिक निश्चित दस्तुरी बुझाउने गरी उनलाई पठाइएको बताइन्छ ।

यतिबेला इन्सपेक्टर यादव एसपी पन्तका विश्वासपात्र बनेका छन् । डीएसपीलाई पनि माइनस गरी सबै काम पन्तले तिनै इन्स्पेक्टर मार्फत् गराउँदै आएको पर्सा प्रहरी स्रोतको भनाई छ । पर्साकी एसपी पन्त आफु इमान्दार भएपनि उनका वरिपरि किन बदनाम पात्रहरु मात्र हुने गर्छन् भन्नेमा जानकारहरु हैरान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय