बिहिबार , बैसाख २, २०७८

एनआईसी एशिया बैंकका एटीएममा अब मास्टरकार्ड प्रयोग गर्न सकिने

एनआईसी एशिया बैंकका एटीएममा अब मास्टरकार्ड प्रयोग गर्न सकिने

२४ बैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यमा पीओएस् टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले बैंकको POS टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एनआईसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय