सोमबार , बैसाख ६, २०७८

वीरगन्जमा संक्रमित १७ जना एकै परिवारका

वीरगन्जमा संक्रमित १७ जना एकै परिवारका

२४ बैशाख, पर्सा । वीरगन्जमा बुधबार कोभिड–१९ संक्रमण पुष्टि भएका १७ जना एकै परिवारका भएको पाइएको छ । उनीहरु वीरगञ्ज महानगरपालिका-३ छपकैयाका भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ। उनीहरु सबै मुस्लिम समुदायका हुन् भने उनीहरुकै परिवारका एकजना १४ दिनअघि संक्रमित भई नारायणी अस्पताल भर्ना भएका छन्।

यसअघि पनि सोही टोलका दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। बुधबार फेला परेका सबैजना उनीहरुकै परिवारका हुन्। संक्रमितहरुको स्वाब संकलन तीन दिन पहिले भएको थियो। उनीहरुको नमुना परीक्षणको लागि काठमाडौं पठाइएको थियो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सबैजना अहिले घरमै छन्। नारायणी अस्पतालबाट पाइएको जानकारी अनुसार उनीहरुलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ। बुधबार संक्रमण पत्ता लागेकामध्ये ७ जना महिला र १० जना पुरुष छन्। उनीहरु २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय