आइतबार , बैसाख ५, २०७८

लकडाउनलाई सरकारले सत्ता लम्बाउने रामवाण बनाएको कांग्रेस नेता केसीको आरोप

लकडाउनलाई सरकारले सत्ता लम्बाउने रामवाण बनाएको कांग्रेस नेता केसीको आरोप

२४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले लकडाउनलाई प्रधानमन्त्री केपी ओलीले सत्ता लम्बाउने रामवाण बनाएको आरोप लगाएका छन् । आज साझँ सामाजिक सञ्जाल फेसबुक र टुवीटर ह्याण्डलमा स्टाटस लेख्दै प्रभावशाली नेता केसीले लकडाउन जनताको स्वास्थ्यका हिसाबले बाध्यता भएपनि तदनुरूपको सरकारी कार्ययोजना पटक्कै नभएकोमा दुखेसो व्यक्त गरेका छन् ।

ओली सरकारले अझै ५ जेठसम्मका लागि (१० दिन) लकडाउन बढाएर २५ बैशाखमा दीपावली गर्न आह्वान गरेकोले सरकारले लकडाउनलाई युद्धस्तरमा परीक्षण र उपचारभन्दा पनि अल्मल्याउने र निरंकुश सर्वसत्तावादी शासनशैलीको राजनीतिक हतियार बनाउने चेष्टा गर्दै पीडित र मरणासन्न जनतामाथि क्रुर ठट्टा गरेको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले ४३ दिन लकडाउन गरेसकेपछि स्थानीय परिस्थितिलाई हेरी क्रमशः खुकुलो बनाउँदै लैजानुपर्ने तथा लकडाउनबाट जन्मने अन्य असर बारे विश्लेषण र समाधान गर्दै कोरोनापछि देशको आर्थिक ,सामाजिक र स्वास्थ्यनीतिको योजना निर्माणमा सरकार बेखबर भएको गम्भीर आरोप लगाएका छन् । महिनौ दिनदेखि सरकार कोरोना महामारीसँगको युद्धमा होइन, आफ्नै सत्ता द्वन्द्वमा अस्तव्यस्त भएको नेता केसीको दावी छ ।

kc tweet 1

कांग्रेस नेता केसीले रोजगारी खोसिएका श्रमिकहरू भोको पेट लिएर जीवन–मृत्युको दोसाँधमा पुगिसकेको बताउँदै भनेका छन् , “किसानहरूको उत्पादनले बजार पाएन, कृषि बीउ बिजनको अभावमा बेहाल छन । स्कूले बालबालिका वा विद्याथीहरूको पढाई बर्वाद भैरहेको छ । सिकिस्त बिरामी ठेलागाडामा अस्पताल लानु पर्ने स्थिति ,प्रवासमा रहेका नेपालीको बिचल्ली, सिमानामा अलपत्र नेपालीको दुर्दशा छ ।”

नेता केसीले अ‍ेली सरकार बिरुद्ध आक्रोसपूर्ण रुपमा खबरदारी व्यक्त गर्दै भनेका छन् “ परीक्षणका सामग्रीको अभावका कारण परीक्षणमा पूर्ण असफलता देखिएको छ । लकडाउन पछिको आर्थिक,सामाजिक र स्वास्थ्य क्षेत्रका वैकल्पिक योजना के हो ? सरकार अहिलेसम्म योजना र यसबारे उत्तरदायित्वविहीन छ । अर्कातिर विवादास्पद बनिरहेको अर्बौं रुपैयाँको सांसद विकास कोष परिचालनको लागि सरकारले यस्तो संकटकालिन वर्षमा समेत निरन्तरता दिएर जनविरोधी चरित्र देखाउन खोजेको देखिन्छ ।”

कोरोना रोकथामका लागि जारी लकडाउनको असरबाट सबैभन्दा पीडित जनसमुदायहरूका संकट समाधान र राहतमा वितरणमा गुणस्तरहीन मात्र होइन, व्यापक पक्षपात र राजनीतिकरण गरेको स्पष्ट भएको बताउदै नेता केसीले लकडाउनलाई व्यवहारिक र जीवन उपयोगी बनाउँदै वेरोजगार श्रमिक, किसान र विद्यार्थीहरूको लागि तत्काल राहत र सहुलियत कार्यक्रम लागु गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय