बिहिबार , बैसाख २, २०७८

नेकपाको विवादले ओलीलाई तनाव

नेकपाको विवादले ओलीलाई तनाव

२४ बैशाख, काठमाडौं । सत्तारुढ नेकपाको विवादले आज फेरि नयाँ रुप लिएको छ । गएको शनिबार लगभग मिलिसकेको विवाद पुनः बल्झिएपछि अन्योल थपिएको हो ।

गएको शनिबार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले विगतमा भएका कमी कमजोरीप्रति आत्मालोचना गरेपछि समस्या समाधान हुने लख काटिएको थियो । भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकको अजेण्डा तयार गर्न आज बसेको स्थायी समिति बैठकमा बिना तयारी प्रस्तुत ओलीप्रति प्रश्न उठेपछि उनी बिरामी भएको बहाना गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसपछि लामो समयसम्म पनि प्रधानमन्त्री ओली बैठक कक्षमा नआएपछि बाँकी सदस्य पनि घर लागेका थिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा अनुपस्थित भएका ओलीको सन्देशसमेत नपाएका अन्य सदस्यहरु बाहिरिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने केही समय बसे ।

किनभने ओली नआएपछि सबैले अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा दुई अध्यक्षले साझा धारणा ल्याउनुपर्ने भनेका थिए । त्यसैले प्रचण्डले केही समय पर्खेर भएपनि ओलीसँग भेट गरेका थिए । दुई अध्यक्षबीचको पछिल्लो छलफलमा भोलिबाट सुरु गर्ने भनिएको स्थायी समिति केही समयका लागि स्थगन गर्ने सहमति भएको छ ।

स्थायी समिति बैठकले ओलीको राजीनामा माग्ने सम्भावना प्रवल भएपछि यस्तो परिस्थिति निर्माण भएको छ । पार्टी उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल भएका ओली आजबाट फेरि तनावमा छन् । गौतमले आजै अर्का अध्यक्ष प्रचण्डलाई भेटी ओलीबाट धोका हुने सम्भावना रहेको भन्दै भैंसेपाटी गठबन्धनबाट आफू अलग नभएको बताएका थिए ।

त्यसपछि ओलीको तनाब बढेको छ । आज दुबै अध्यक्षबीच भएको पछिल्लो सहमतिले केही दिन भित्रै स्थायी समिति बैठक गरिने छ । तर मिति भने तय भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय