शुक्रबार , बैसाख १०, २०७८

महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

२४ बैशाख, एजेन्सी । भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् ।  भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरेपनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ ।

मन्त्रालयले १८ हजार ७२२ जना व्यक्तिलाई र अरु ५३ हजार ७१ ओटा यातायातका साधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ । लकडाउन उलंघन गर्नेहरुलाई जरिवाना तिराउदा झण्डै तीन करोड भारतीय रुपैया रजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रदेशभरी गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उलंघन गरेको वक्तव्यमा लेखिएको छ ।  क्वारेन्टाइनको वा लकडाउनको नियम उलंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय