शुक्रबारदेखि नेपालगञ्जमा चार घण्टा खुकुलो
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ शुक्रबार १:२:६
२५ बैशाख, बाँके । बाँकेमा तीन दिनदेखि लाग्दै आएको निषेधाज्ञालाई दैनिक चार घण्टा खुकुलो पार्ने निर्णय भएको छ । स्थानीय प्रशासनले सर्वपक्षीय बैठक बसाएर अत्यावश्यक सामान खरिदका लागि नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पार्ने निर्णय गरको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले शुक्रबारदेखि बिहान ११ बजेदेखि ३ बजेसम्म अत्यावश्यक सामान खरिद र आपूर्तिका लागि निस्किन खुकुलो बनाइएको बताए । नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले नै तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो।
उक्त समय आज राती सकिँदैछ। यसैबीच बाँकेमा बिहीबार ४८ जनाको स्वाव संकलन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको हो।
खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५ र ५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एकरएक जनाको स्वाव संकलन गरिएको छ। सुर्खेतरोडस्थित गुरुद्वारा अगाडिबाट ३० जनाको स्वाव लिइएको छ। नेपालगञ्जमा बुधबार संकलन गरिएको एक सय ३६ वटा स्वावको रिपोर्ट आइसकेको छैन। सबै स्याम्पलको परीक्षण भइरहेको अस्पतालले जनाएको छ।
भेरी अस्पतालले रिपोर्ट नेगेटिभ आएमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजिटिभ आउँदा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार