जनस्तरबाट लकडाउन उल्लङ्घन
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १७:२३:२७
प्रकाश मिश्र
२६ वैशाख, घोडाघोडी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ ।
सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।
लकडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको सामाजिक अगुवाहरू बताउँछन् । कैलालीको घोडाघोडी नगरपालिका–८ का सामाजिक अगुवा तथा शिक्षाविद् शिवप्रसाद ढकाल लकडाउन जनताकै लागि हो भन्ने कुरा जनताले नबुझ्नु दुःखद् भएको बताउछन् । “लकडाउनको पूर्णपालना गराउन प्रहरी कठोर बन्नुपर्ने अवस्थामा खेतीकिसानीको समय भएकाले पनि प्रहरी पनि अलि लचक बन्नुपर्ने अवस्था आएको देखियो”, ढकालले भने, “बिहान र साँझपख भीड धेरै नै बढ्न थालेपछि सङ्क्रमणको चिन्ता थपिएको छ ।”
लकडाउनको शुरुआती समयमा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण लकडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय लापरवाही व्यापकरूपमा बढ्न थालेको गौरीगङ्गा नगरपालिका उपप्रमुख अञ्चला चौधरीले बताए ।
आफूहरू प्रहरीसँग सहकार्य गरेर लकडाउन कार्यान्वयन गराउने काममा निरन्तर लागिपरेको भएता पनि पछिल्लो समय जनस्तरबाटै लापरवाही बढेको चौधरीले बताए ।
लकडाउनमा पनि बजारमा सामान किन्न मानिस समूह बनाएर आउने गरेकाले जोखिम बढेको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी बताउँछन् । साना–साना बच्चा काखमा च्यापेर महिला न्यूनतम सुरक्षासमेत नअपनाइ हिँडिरहेको पाइएपछि आफूहरूले सतर्कता अपनाउँदै घरमै बसिदिन आग्रह गर्ने गरेको उनको भनाइ छ । गाउँघरमा नाम कहलिएका भद्रभलाद्मीहरूबाट लकडाउनको बढी उल्लङ्घन बढेकाले थप चुनौती बढेको चौधरीको गुनासो छ ।
युवा तथा वयस्कहरूले बिहान मर्निङवाक र बेलुका घुमफिर गर्ने गर्दा जोखिम बढ्दै गएको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले बताए । बिनामास्क, पञ्जालगायत जोखिम न्यूनीकरणका उपायसमेत नअपनाइ मोटरसाइकलमा हिँड्नेलाई कारवाही गर्न प्रहरीलाई भनेको भएता पनि विभिन्न चोरीका बाटो हिँड्ने गरेका कारण समस्या र चिन्ता थपिएको चौधरीले बताए । विश्वभर कोरोनाको त्रास छ तर हामीकहाँ यति धेरै लापरवाही बढिरहेको देख्दा चिन्ता थपिएको चौधरीको भनाइ छ ।
लकडाउन उल्लङ्घन गर्नेलाई पटक–पटक सम्झाउँदा पनि नभएको चौधरी बताउछन् । महामारीविरुद्ध सरकारले गरेको लकडाउन जनताले आफ्नै लागि हो भन्ने बुझ्न नसक्नु दुर्भाग्य भएको उनको भनाइ छ ।
कैलालीमा लकडाउनको उल्लङ्घन गर्ने एक हजार ७०० भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको तथा ६०० बढीलाई निगरानीमा राख्नुका साथै १४ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए । लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै लकडाउन उल्लङ्घन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा लकडाउन उल्लङ्घन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै लकडाउन कार्यान्वयनमा लागेको बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार