नुवाकोट कांग्रेस र यशोदादेवी भगवानसिंह ट्रस्टद्धारा बिदुर र बेलकोटगढिलाई स्वास्थ्य सामाग्री प्रदान
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २३:३४:३३
२६ बैशाख, नुवाकोट । नेपाली कांग्रेस नुवाकोट र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका सबै गाउँपालिकामा कोरोना सम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले बिदुर नगरपालिकाका प्रमुख सन्जु पन्डित र बेलकोटगढि नगरपालिका प्रतिनिधि अनन्तराम नेपाल र हेमनिधि नेपालको रोहबरमा शुक्रबार दुबै नगरपालिकाका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
जिल्लाका दुई नगरपालिकमा नेपाली कांग्रेसले ज्वरो नाप्ने थर्मल मिटर २–२ वटा हस्तान्तरण गरेको हो । अमेरिकामा रहेका धनञ्जय नरसिंह केसी,अमृत सापकोटा, सुमन थापा ,रामबाबु पाण्डे, दिनेश पाण्डे, कैलाश थापा, राजेन्द्र अधिकारी, राजेन्द्र श्रेष्ठ, सुवाश गुणी, रामकृष्ण भट्ट रबिस वाइबा, इन्द्र शिटौला, नबराज न्यौपाने र राम मिश्र लगायतका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त गरी पार्टीले यो सहयोग गरेको हो ।
यसैगरी यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले दुबै नगरपालिकामा एक/एक हजार थान मास्क उपलब्ध गराएको छ ।
कार्यक्रममा ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, ‘महासचिब’ तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसी एवं जिल्लाका विभिन्न क्षेत्रका समाजसेवी बुद्धिजिवी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसैबीच केही दिन अघि पनि अर्जुननरसिह के सि, डा केदारनरसिह के सि, इ.महेश्वरनरसिह के सि ‘नेपाल सरकार’का सह – सचिब र नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले नुवाकोटको गल्छिहुँदै कोल्पुटार रातमाटे देबिघाट र बिदुर पुगेर १० गाउँपालिकालाई ‘स्वास्थ सामाग्रीहरु’ वितरण गरेका थिए ।
सामाग्री नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको तर्फ बाट १-१ थान डिजिटल थर्मल मिटर र यशोदादेबि भगवान सिह केसि मेमोरियल ट्रस्टको तर्फबाट १-१ हजार माक्स र सेनिटाइजर वितरण गरिएको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार