अवैध सुर्तीजन्य पदार्थसहित एक महिला पक्राउ
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शनिबार ०:४:५६
धीरुभाइ
२६ वैशाख, सप्तरी । पसलमा अबैद्य रुपमा बेच्न ल्याएको सूर्तीजन्य पदार्थसहित एक महिलालाई शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा खटिएको संयुक्त बजार अनुगमन टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सप्तरीको रुपनी गाउँपालिका १ रुपनी बजार स्थित कृष्ण इन्टरप्राइजेज (किराना पसल) मा बेच्न ल्याएकै अवस्थामा टोलीले रङ्गेहात एक महिलालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको संयोजनमा खटिएको संयुक्त बजार अनुगमन टोलीले नम्बर खुल्न नसकेको मोटरसाइकलमा सवार भई एक बोरा (३० पोका) सूर्तीजन्य पदार्थ बोकेर पसलमा बेच्न ल्याएको शम्भुनाथ नगररपालिका ११ अर्नाहा बस्ने अन्दाजी ३० वर्षीय ममता चौधरीलाई नियन्त्रणमा लिई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय रुपनीको जिम्मा लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका निमित प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
सूर्तीजन्य पदार्थसहित महिलालाई नियन्त्रणमा लिन लाग्दा मोटरसाइकलसहित चालक फरार भएकोले पक्राउ पर्न नसकेको बताइएको छ । भारतको बिहार एक्सप्रेस ब्राण्डका उक्त सूर्तीजन्य पदार्थ तस्करबाट अबैद्य रुपमा खरिद गरी कृष्ण इन्टप्राइजेजले बेच्दै आएको अनुगमन टोलीले अनुमान गरिएको छ ।
कृष्ण इन्टप्राइजेज (किराना पसल) बाट प्रतिबन्धित भारतीय कबिर छापको खैनी, म्याद गुज्रिएको स्क्वाइस, खाने तेल, लेवल नभएको खाद्य सामग्रीहरु बरामद गरी रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, वडा अध्यक्ष दिपेन्द्र पासमान, जनता समाजवादी पार्टीका दिनेशकुमार यादव, सञ्चारकर्मी लगायतको रोहबरमा आगो लगाएर नष्ट गरिएको अनुगमन टोलीका सदस्य जिल्ला प्रशासन कार्यालय सप्तरीका नायब सुब्बा प्रकाश देवकोटाले जानकारी दिए ।
अनुगमन टोलीले रुपनी बजार स्थित कृष्ण किराना पसल, श्री किराना पसल, महालक्ष्मी किराना एण्ड जनरल स्टोर, शिवशक्ति किराना पसल लगायतमा अनुगमन गरेको छ । ती पसलहरुमासमेत म्याद गुज्रिएको सामग्री, पेय पदार्थ, सुजी, भुजिया बरामद भएको बताइएको छ । ती पसलहरुमा मूल्यसूची नराखिएको, सामान बिक्री गर्दा बील नदिने गरेको पाइएकोले सो कार्य तुरुन्त कार्यान्वयन गर्न भन्दै एकपटकलाई सम्झाइ बुझाइ गरेको डिभिजन प्रमुख सिंहले जानकारी दिए ।
कोराना भाइरसको संक्रमण फैलिन नदिन जारी राखेको लकडाउनको मौकाछोपी अबैद्य रुपमा खरिदबिक्री हुन नदिन तथा कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तीब्रता दिएको छ । यसै क्रममा यसअघि राजविराज नगर, हनुमाननगर कंकालीनी नगरपालिकाको हनुमाननगर, भारदह बजारमा अनुगमन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार