लिपुलेक प्रकरणमा चीन पनि दोषी : प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार २१:४:१७
२८ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक विवादमा भारत र चीन दुबै मुलुक उत्तिकै जिम्मेवार रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले लिपुलेक विवादको हल खोज्न अब भारतसँग मात्र कुरा गरेर नसकिने स्पष्ट गरे ।
बैठकलाई संवोधन गर्दै उनले भने–लिपुलेक नेपाली भूमि भएको दस्ताबेज नै नेपालसँग रहेको र यसबारे भारत जत्तिकै चीन पनि जानकार रहेकाले कसरी द्विपक्षीय सम्झौता गरियो, आश्चार्यको विषय हो । साथै, यो विवादमा अब नेपालले चीनसँग पनि स्पष्ट जवाफ माग्नुपर्ने धारणा उनले राखे ।
सन् १८१६ को सुगौली सन्धिले लिपुलेक नेपाली भूगोलमा पर्ने स्पष्ट उल्लेख भएकाले काली नदीको पूर्वी भेग नेपाल भएकोमा कुनै द्विविधा नहँुदाको अवस्थामा चीनले उक्त मार्गमार्फत भारतसँग व्यापार गर्ने भनी गरेको सम्झौता नै गलत भएको उनको धारणा रहेको छ । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा जाँदा उक्त लिंक रोड निर्माण गरी व्यापार विस्तार गर्न चिनियाँ राष्ट्रपति ली खस्याङसँग सम्झौता गरेका थिए ।
सम्झौता लगत्तै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले दुबै मुलुकलाई आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका थिए । त्यसपछि भारतले जारी गरेको राजनीतिक नक्शामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा समावेश गरेको थियो । नक्सा सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । यो प्रकरणमा समग्र मुलुक एकतावद्ध रुपमा प्रतिकार गर्न उभिएको सन्दर्भ पनि प्रचण्डले आजको बैठकमा उठाए ।
उनले भने– भारतीय मिचाहा प्रवित्तिको सर्वदलीय बैठकले भत्र्सना गरेकोमा प्रधानमन्त्रीजीलाई ठूलो बल मिलेको थियो, तर उहाँले त्यसको संवेदनशीलता बुझ्न सक्नुभएन । ओलीप्रति कटाक्ष गर्दै अध्यक्ष प्रचण्डले सारा मुलुकले प्रधानमन्त्रीलाई तागत दिएको हो , तर उहाँले समस्या हल गर्न केही पहल गरेको देखिएन ।
भारतीय सरकारलाई यसबारे लेटर अफ अब्जेक्सन पठाएर मात्र नपुग्ने पनि उनले स्पष्ट गरे । उनले भने– पत्र पठाएर मात्र होइन, अब एक्सनमा नै उत्रनुप¥यो । तर अहिले नै यो विषयलाई अन्तराष्ट्रियकरण भने गरी हाल्न नहुने उनको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार