सेभ द चिल्ड्रनद्वारा गजेन्द्र नारायण सिंह अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ सोमबार १:५६:२
◊ धीरुभाइ
२८ बैशाख, सप्तरी । सेभ द चिल्ड्रेनले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आइतबार विभिन्न १८ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई सेभ द चिल्ड्रनका वरिष्ठ कार्यक्रम संयोजक अरुणकुमार महतोलेसो स्वास्थ्य सामग्री प्रदान गरेका हुन्। सेभ द सप्तरीको सम्वन्य सहकार्यमा सेभ द चिल्ड्रेनले बायोहजार्ड ब्याग ४० थान, अस्पताल ग्रेड डिसइन्फेक्ट्यान्ट पाँच लिटरको ४० जार, इन्फ्रेड थर्मोमिटर चार थान, लिक्विड साँप १७५ एमएलको १० थान, एन ९५ रिसपिरेटर मास्क ६० थान, पीपीइ किट ६० थान, साँप डिस्पेन्सर पाँच थान, स्प्रे कन्टेनर एक लिटरको २० थान, बुट सु कभर दुई सय जोडी प्रदान गरेको छ ।
त्यस्तै बोफ्यान्ट क्याप एक सय, गमबुट ४० जोडी, ह्याण्ड सेनिटाइजर ५०० ग्रामका १५ वटा, साबुन एक सय वटा, प्लास्टिक बाल्टिन १० वटा, स्क्रब सेट १० वटा, सर्जिकल ग्लोभस नन स्टरलाइ एक हजार जोडी, सर्जिकल ग्लोभस स्टरलाइ एक हजार जोडी, र एप्रोन ६० थान अस्पताललाई प्रदान गरेको छ ।
प्रदान गरिएको सामग्रीको खरिद मूल्य छ लाख ४७ हजार ६२३ रुपियाँ ६५ पैसा रहेको सेभ द चिन्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक महतोले जानकारी दिए । स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. दासले कोरोना भाइरस संक्रमित विरामीको उपचारमा थप सहयोग पुग्ने विश्वास दिलाउँदै यसले स्वास्थ्यकर्मीहरुमा समेत हौसला प्रदान भएकोमा दाता सेभ द चिल्ड्रेनलाई धन्यवाद दिए ।
त्यस्तै सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले स्वास्थ्य सेवामा सघाउन स्वास्थ्य सामग्री प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताए। सरकार एकलै भन्दा सामूहिक सहयोगले मात्र कोरोनालाई जित्न सकिने भन्दै उनले यसै भावना र सोचले ती स्वास्थ्य सामग्रीहरु प्रदान गरेको बताए ।
सामग्री प्रदान कार्यक्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृतहरु विष्णुकान्त देव, मुकेशकुमार मण्डल, फाइनान्स अफिसर अशोककुमार साह, कार्यक्रम सुपरभाइजर मोनिका मिश्र, मनिता घिमिरे लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार