तीन दिनअघि मुम्बईबाट आएका थिए कोरोना संक्रमित
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १४:२५:१३
३० बैशाख, लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए ।
भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पु¥याएका थिए । यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् ।
सोही क्वारेन्टाइनमा रहेकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजानुभएकामा स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गरेका थिए । मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । उनले भने,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन् ।”
संक्रमित बालिकासँगै बसेका सबैको परीक्षण
राजापुर– बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ । संक्रमित बालिकालाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राख्न पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए
।
राजापुर, जयपुरस्थित किसान माविको क्वारेन्टाइनमा संक्रमित बालिकासँगै बसेका ३५ जना सबैको कोरोना परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोेकल पर्सन नरेशबावु श्रेष्ठले जानकारी दिए । यही वैशाख १६ गतेदेखि क्वारेन्टाइनमा बसेकी बालिका कैलालीको धनगढी उपमहानगरपालिका, मझगाउँस्थित मामाघर र चैत ५ गते भजनीस्थित फुपूको घरमा दुई दिन बसेर पुनः मामाघर हुँदै वैशाख १६ गते राजापुर फर्केकी थिइन् ।
छिमेकी नगरपालिकामा संक्रमण पुष्टि भएसँगै सम्भावित संक्रमण रोकथाम र नियन्त्रण गर्न आजदेखि गेरुवा गाउँपालिकाले सम्पूर्ण नाका पूर्ण रूपा बन्द गरेको अध्यक्ष जमानसिंह केसीले जानकारी दिए ।
संक्रमितलाई बुटवल लगिने
जीतपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यता कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा सोमबार साँझ संक्रमण पुष्टि भएको तर अरुबाट अलग नराखेको भन्दै क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि ब्यक्त गरेका छन् । सोमबार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका चार जना छन् । उनीहरुमध्ये वडा नं ५ र ७ मा एकएक तथा वडा नं ८ का दुई जना छन् । यस्तै दुई जना बुद्धभूमि, मानपुरका हुन् ।
उनीहरु सबै भारतको महाराष्ट्रस्थित मुम्बईवाट रेल र ट्रकमार्फत आएका हुन् । यशोधरामा फेला परेका नयाँ चार जना भारतबाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएको छ । यसैबीच कपिलवस्तुबाट शनिबार काठमाडौँ स्वाब परीक्षणका लागि पठाइएका २९०मध्ये २५२ जनाको नतिजा आउँदा १६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहान १० जनाको संक्रमण पुष्टि भएकामा साँझ पुनः ६ जना थपिएपछि १६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मायादेवी र शुद्धोधनका पाँच जना संक्रमितसहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तु जिल्लामा थप स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली आउने भएको छ । पूर्वमन्त्री एवं संघीय सांसद चक्रपाणि खनालको पहलमा जिल्लामा स्वास्थ्य सामग्रीसहितको विज्ञ टोली आउने भएको हो । मन्त्रालयले आवश्यक पर्ने जनशक्तिसँंगै पिसिआर किट, दु्रत परीक्षण किटलगायत स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई आजै काठमाडौंबाट कपिलवस्तुका लागि पठाउने तयारी गरेको सांसद खनालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार