भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १७:२७:१२
२९ बैशाख, एजेन्सी । कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् ।
गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय १३ पुगेको छ । मध्यप्रदेशमा अहिलेसम तीन हजार सात सय ८५ जना संक्रमित हुँदा दुई सय २१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार ६३ जना संक्रमित भइसकेका छन् भने एक सय ९० जना मानिसको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार पाँच सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा २२ हजार चार सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार