ग्यासको सिलिन्डर विष्फोट हुँदा ७० लाखकाे क्षति
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १८:५२:२
३० बैशाख, पशुपतिनगर । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो ।
नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो । घरमा रहेको दुईमध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो । आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको छ ।
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो बिहान करिब ५ः४५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनुपर्ने भएकाले समय लागेको इन्चार्ज टेकराज गिरीले जानकारी दिए।
आगलागीबाट घर पूर्णरूपमा क्षति भएका पीडित परिवारलाई रु ५० हजार र लत्ता कपडा आज नै राहतस्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार