काठमाडौंमा लकडाउन छ र ? प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार २१:२०:५७
३० बैशाख, काठमाडौं । आज बिहानको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओली अनौठो ढंगमा प्रस्तुत भए । बैठक औपचारिक रुपमा सुरु भएलगत्तै उनले गृहमन्त्री रामबहादुर थापा बादलतिर हेर्दै प्रश्न गरे– काठमाडौंमा पनि लकडाउन छ र ?
प्रधानमन्त्रीले यस्तो प्रश्न गरेपछि मन्त्रीहरु मुखामुख गरे । प्रधानमन्त्री भने बोल्दै थिए– यस्तो पाराले संक्रमण रोकिंदैन । राजधानीमा दुई तीन दिनयता अलि बढी नै छाडापन देखिएको छ । आर्थिक गतिविधि भन्दा महत्वपूर्ण मानव जीवन हो । यसका कुनैपनि जोखिम लिन सकिन्न ।
अस्ति आइतबारदेखि काठमाडौंलगायत मुख्य शहरी क्षेत्रको जनजीवन खुकुलो बनाउने रणनीति गृह मन्त्रालयले लिएको छ। साथै अर्थमन्त्रीले पनि स्वास्थ्यसम्बन्धी सुरक्षा अपनाएर गतिविधि खुकुलो गर्न माग गरेका थिए । तर लकडाउन खुकुलो पार्दा मानिसले सामाजिक दूरी र स्वास्थ्यप्रति हेलचेक्र्याईं गरेको भन्दै प्रधानमन्त्री ओली क्रुद्ध देखिएका छन् । यसबारे उपयुक्त सिफारिश गर्न उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय संयन्त्रलाई निर्देशन दिएका छन् । संभवतः आजै साँझ उक्त संयन्त्रको बैठक बस्ने छ ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेक प्रकरणबारे अझै अनौठो प्रतिक्रिया दिए । स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाइरहेको कुरा आफूलाई जानकारी नरहेको बताए । मलाई त यसबारे कसैले केही भनेको थिएन, किन यस्तो भयो ? भन्दै उनले मन्त्रीहरुसँग उल्टो गुनासो गरे ।
यसअघि बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक प्रकरणबारे विस्तृत चर्चा गरेका थिए । लगत्तै ओलीले यसबारे भारतीय पक्षसँग नेपाली राजदूत निलाम्बर आचार्यले अनौपचारिक कुरा गर्दा सकारात्मक प्रतिक्रिया नपाएको रिर्पाेटिङ भएको खुलासा गरे । साथै, यसबारे जथाभावी नबोल्न पनि मन्त्रीहरुलाई चेतावनी दिए । भारतसँग सम्वाद गरेर नै समस्याको हल खोज्ने हो भन्दै मन्त्रीहरु संयमित भएर प्रस्तुत हुन निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार