सिमानाका साँगामा सवारी जाँचमा थप कडाइ
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार २:४६:४२
◊ रमेश गिरी
३० बैशाख, भक्तपुर । विभिन्न ढुवानीका साधन र अन्य साना सवारी साधनले पूर्वका विभिन्न जिल्लाबाट यात्रु बोकेर साँगामा ल्याएर छाड्छन् र भक्तपुर छिर्छन् भन्ने गुनासो बढ्यो । काभ्रे नाकाबाट भक्तपुर हुँदै उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको गुनासो आएपछि जनप्रतिनिधी र प्रहरीको संयुक्त टोलीले काभ्रे र भक्तपुरको सिमा नाका साँगामा अनुगमन गरेको छ ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीसहित जनप्रतिनिधि र सञ्चारकर्मीको टोलीले भक्तपुर र काभ्रेको साँगामा अनुगमन गरेको हो ।
पूर्वबाट आउने सवारीसाधनले यात्रु बोकेर साँगा नाका हुँदै भक्तपुर प्रवेश गर्ने र कतिपय सवारीसाधनले साँगामा यात्रु ल्याएर छोड्ने गरेको गुनासो आएपछि अनुगमन गरेको उप्रमुख बस्नेतले बताइन। उपमेयर बस्नेतको नेतृत्वमा वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी, वडा नं १० का वडाध्यक्ष कुमार राउत, वडा नं. २ का वडा सदस्य सुवास कार्की, प्रहरी टोली, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीसहितको पत्रकार टोलीले साँगामा संयुक्त अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सरकारी नम्बरप्लेटका सवारीसाधनले नै नियम उलङ्घन गरेको पाइएको उपप्रमुख बस्नेत बताउछिन । तोकिएको समयभन्दा फरक समयमा ढुवानीका साधन र सरकारी नम्बरप्लेटका सवारीसाधन निर्वाध रुपमा सडकमा चलेका देखिन्थे । अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलदेखि प्रत्येक सवारीसाधनलाई रोकेर पास लगायतका कागजपत्र हेर्नुका साथै अन्य सोधपुछ गरेको देखिन्थ्यो ।
सरकारी नम्बरप्लेटका सवारीसाधनले अनावश्यक मान्छेसमेत बोकेर आएको पाइन्थ्यो । कतिपय सरकारी नम्बरप्लेटका सवारीसाधनमा सपरिवार देखिन्थे । उपमेयर बस्नेतले सिन्धुली र धुलिखेलमा याताययात रोक्नुपर्ने आवश्यकता रहेको बताए । विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मानिस आउने क्रम बढेपछि उपत्यका भित्रिने नाकामा थप कडाइ गर्न माथिल्लो निकायले निर्देशन दिएपछि साँगामा पनि कडाइ गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनले यात्रु बोकेर आउने सवारीसाधनलाई साँगाबाटै फर्काउने गरेको दाबी गरे।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा जोखिम कम गर्न एक जिल्लाबाट अर्को जिल्लामा मानिसको आवगमनलाई रोक्न कडाइ गरिएको हो । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत उपत्यकाको पूर्वी नाका साँगा, नाला र जगाती चोकको गत शुक्रबार गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीको नेतृत्वमा महानगरीय प्रहरी कार्यालय प्रमुख डिआइजी विश्वराज पोखरेल, सशस्त्र प्रहरी बल उपत्यका बाहिनीपति डीआइजी चन्द्रप्रकाश गौतमलगायतले अनुगमन गरेपछि थप कडाइ गरिएको उनले जानकारी दिए ।
सरकारले लकडाउनको स्वरुप परिवर्तन गरेपछि सवारी साधनको सञ्चालन बढेसँगै उपत्यकामा कोभिड–१९ को जोखिम कम गर्न उपत्यकामा अनाश्यक मानिस भित्रिन नदिन सुरक्षा जाँचमा कडाइ गरिएको छ । पूर्वी नाका जगातीबाट मालबहाक सवारीसाधन, औषधि तथा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति, सुरक्षा, सरकारी निकायका व्यक्ति, उपचाररत बिरामी र सञ्चारकर्मीलाई मात्रै प्रवेश गराएको डिएसपी जोशी बताछन ।
उपत्यका भित्रिने अधिकांश व्यक्तिहरुको व्यक्तिगत विवरण तथा शरीरको तापक्रम लिइसकेपछि मात्र जगाती नाकाबाट प्रवेश गर्न दिइने व्यवस्था गरेको उनले बताए । अहिले पनि साँगा नाकाबाट जगाती हुँदै दैनिक एकहजार ५०० देखि दुई हजार सवारीसाधन भित्रिएका छन् भने त्यसको केही कम सङ्ख्यामा काभ्रेतर्फ जाने गरेको प्रहरीको भनाइ छ । यात्रु बोकेर बस आउने क्रम रोकिए पनि साना गाडी र मालवाहक गाडीहरुले भने केही यात्रु बोक्ने गरेको अनुगमन कै क्रममा भेटिने गरेको छ ।
सवारीसाधनमा आउनेहरुले एक मिटरको दूरी, मास्क, पञ्जा जस्ता सुरक्षाका सामग्री अधिकांशले प्रयोग नगरेको पाईएको छ । यस्तोमा झन जोखिम बढ्ने टोलीको ठहर छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार