सेभ द चिल्ड्रेनद्धारा जीएन सिंह अस्पताललाई टेन्ट प्रदान
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २२:३०:२१
◊ धीरुभाइ
३१ बैशाख, सप्तरी । सेभ द चिल्ड्रेनले बुधबार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई एक थान टेन्ट प्रदान गरेको छ । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक अरुणकुमार महतोले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई सो टेन्ट प्रदान गरेका हुन्।
सेभ द सप्तरीको समन्वयमा सेभ द चिल्ड्रेनले आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको टेन्ट प्रदान गरेको हो । सो टेन्टको मूल्य एक लाख १६ हजार १०९ रुपियाँ रहेको बताइएको छ । यसअघि गत २८ गते सेभ द चिल्ड्रेनले बायोहजार्ड ब्याग, अस्पताल ग्रेड डिसइन्फेक्ट्यान्ट, इन्फ्रेड थर्मोमिटर, लिक्विड, एन ९५ रिसपिरेटर मास्क, बोफ्यान्ट क्याप, गमबुट, ह्याण्ड सेनिटाइजर, स्क्रब, सर्जिकल ग्लोभस, एप्रोन लगायत छ लाख ४७ हजार ६२३ रुपियाँ ६५ पैसा बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको सेभ द चिन्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक महतोले जानकारी दिए ।
टेन्ट ग्रहण गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. दासले कोरोना भाइरस संक्रमित विरामीको उपचारमा थप सहयोग पुग्ने बताउँदै सेभ द चिल्ड्रेनलाई धन्यवाद दिए । कार्यक्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृतहरु विष्णुकान्त देव, मुकेशकुमार मण्डल, फाइनान्स अफिसर अशोककुमार साह लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार