आयल निगमका कर्मचारीको कोरोना बीमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बिहिबार ०:२८:३
३१ बैशाख, काठमाडौं । नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी ‘करार अस्थायी, दैनिक ज्यालादारीसहित’ लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्नेलगायत छ बुँदे निर्णय भएको जानकारी दिए।
त्यस्तै सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाई बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने, निगमको डिपो सञ्चालन कम्तीमा एक तिहाइ कर्मचारीमार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई जगेडामा राख्ने निर्णय गरिएको छ । यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी चालक तथा सहचालकका साथै प्रत्येक ट्यांकरलाई मानव बस्तीभन्दा टाढा खुला स्थानमा राख्ने र सबै कार्यालयमा कीटाणुनाशक टनेल तथा गेट बनाई प्रयोग गर्ने निर्णय भएको छ ।
निगमका कर्मचारीबाट कोरोना जाँच माग
निगम, प्रदेश नम्बर १ प्रादेशिक कार्यालय विराटनगर कार्यालयमा कार्यरत कर्मचारीले कोरोना परीक्षणको व्यवस्था गरिदिन आग्रह गरेका छन् । इन्डियन आयल कर्पोरेशन भारतबाट पेट्रोल र अमलेखगन्ज डिपोबाट डिजेल आयात निरन्तर भइरहँदा ट्यांकरका चालक तथा सहचालक अधिकतम भारतीय रहेकाले कार्यालयले आज सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुखलाई परीक्षण गरिदिन निवेदन दिएको छ ।
प्रादेशिक कार्यालय प्रमुख इञ्जिनीयर अशोक साहका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्थापन मिलाउँदा टयांकरका चालक र सहचालकसँग निरन्तर सम्पर्कमा रही कार्य गर्दा निगमका कर्मचारीसमेतमा कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले स्वास्थ्य परीक्षण गर्न माग गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार