टोखाले ५०० को आरडीटी र पीसीआर परीक्षण गर्ने
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार २:२०:२०
१ जेठ काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले विदेशबाट आएका व्यक्तिको आरडीटी र पिसिआर परीक्षण गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न थालेपछि सो नगरपालिकाले आरडीटी र पीसीआर परीक्षण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भर्खरै विदेशबाट आएका र विभिन्न जिल्लाबाट केही दिन पहिला काठमाडौं भित्रिएर टोखामा बसोबास गर्दै आएका व्यक्तिको आरडीटी र पीसीआर परीक्षण गर्न लागिएको जानकारी दिए ।“नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मी र जनप्रतिनिधीको आरडीटी र पीसीआर परीक्षण गर्न लागेका छौँ”, नगरप्रमुख अधिकारीले भने । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, भर्खरै विदेशबाट आएका, विभिन्न जिल्लाबाट केही दिन पहिले टोखा आएका ५०० व्यक्तिको आरडीटी परीक्षण गर्न लागिएको हो । २०० व्यक्तिको पिसिआर परक्षिण गर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरपालिकाभित्र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका दुई हजार व्यक्तिलाई दैनिक खाना खुवाउँदै आएको छ । नगरपालिकाभित्रका स्टार टाउन र तिलिङ्गाटार माध्यमिक विद्यालयमा खाना पकाएर प्याकिङ गरेर श्रमिकको घरमा लैजाँदै आएको नगरप्रमुख अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार