आफैलाई हेरेँ, अनुभव गरेँ…
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार २०:२१:९
थाहा थिएन के हो यो ध्यान,
मम्मीले कराई–कराई गएकोमा जीवन विज्ञान ।
धेरै सुनिएको ध्यानका फाइदाकाबारे,
आफै अनुभव नगरे म त पत्याउँदिन क्यारे ।।
सोचेको थिएँ जीवन विज्ञानमा होला भजन, कीर्तन,
तर गुरुदेवबाट आयो वैज्ञानिक आधुनिक मीठा वचन ।
पहिलो पटक ध्यान गरेको जीवन विज्ञानमा,
कहिले उठम जस्तो भयो त्यति बेलामा ।।
३ दिने ऐश्वर्य विज्ञान पछि बुझे किन चाहिन्छ ध्यान,
निरन्तर गर्ने स्वस्थ हुन्छ शरीर, मस्तिस्क र मन ।
आत्मबल, साहस, खुसी आफै भित्र रहेछ,
लुकेको शक्ति जगाउन ध्यान चाहिने रहेछ ।।
आफैलाई हेरेँ, अनुभव गरेँ,
रिस घटाउने आत्मबल बढाउने मौका मैले पाएँ।
अरुपनि जीवन विज्ञानका कार्यक्रम लिएको,
आफ्नै स्वभाव चिन्ने अवसर पाएको ।
धन्यवाद ! आमा तिम्ले गर्दा म जीवन विज्ञान गएको,
धन्यवाद ! आमा तिम्ले गर्दा म जीवन विज्ञान गएको।
लाग्थियो बुढो भए पछि मात्र गर्ने हो ध्यान,
तर हामी सबैलाई चाहिने रैछ यो विज्ञान ।
भित्रको क्षमता निकाल्न कुनै उमेर कट्नु पर्दैन है,
जति चाँडै, त्यति फाइदा हुने रहेछ है।।
चिन्नलाई आफूभित्रको अनेकौं प्रतिभा
जीवन विज्ञानले लिएर आयो नव प्रतिभा ।
खोल्न लाई आफ्नो क्षमता को खानी,
हामी कहिले हो जीवन विज्ञान जानी ?
हामी कहिले हो जीवन विज्ञान जानी ?
(नव प्रतिभा बिज्ञान , प्रशिक्षक तथा स्वयंसेवक, जीवन विज्ञान )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार