रोडम्याप बिनाकाे निराशामुखी नीति तथा कार्यक्रम
इन्द्र रिजाल
जेठ ३, २०७७ शनिबार १९:८:५३
समाचार टिप्पणी
३ जेठ, काठमाडौं । कोरोना कहरले आक्रान्त अहिलेको अवस्थामा सरकारले कस्तो नीति कार्यक्रम ल्याउला भनेर धेरैले चासो राखेका थिए । केपी ओली सरकारले हिजो संसद्मा पेश गरेको नीति कार्यक्रम कार्यान्वयनमुखी भन्दा तडकभडकमुखी नै आएपछि आम नागरिकलाई उत्साहित गर्न सकेन ।
झण्डै तीन घण्टा खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओलीले संसद्मा भट्याउन लगाए । तर कुरो चाहीं तातो न भुत्लो भने झैं । सुन्दा चिरिक्याट्ट र आकर्षक लाग्ने नीति कार्यक्रम कार्यान्वयनमा भने फेरि पनि फितलो नै रहने अवस्था छ । सुन्दा मीठासयुक्त लाग्ने नीति तथा कार्यक्रमको अन्तर्वस्तु भने ज्यादै कमजोर देखिएको विज्ञहरुको टिप्पणी रहेको छ । अहिले स्वभाविक रुपमा कोरोना संक्रमण मुलुकको पहिलो प्राथमिकता हो । ओली सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमणलाई प्राथमिकतामा राखिएपनि जनतालाई आश्वस्त पार्ने कुनै रोडम्याप भने ल्याइएको छैन । साथै, कोरोनाले ध्वस्त भएको आर्थिक क्षेत्रलाई चलायमान गर्ने ठोस कार्यक्रमसमेत दिइएको छैन ।
पहिलो कुरो त, यसपाला राष्ट्रपतिले मेरो सरकारको ठाउँमा नेपाल सरकारको प्रयोग गरेको पाइयो । यसलाई सकारात्मक रुपमा लिइएको छ । तर उनले बाचन गरेको नीति तथा कार्यक्रममा अहिलेको विषम परिस्थितिमा नागरिकलाई कुनै पनि राहतको प्याकेज दिने कुरा उठाइनन् । बरु राज्यविरुद्ध कसैले केही बोले वा गरे कानूनी दायरामा ल्याएर कारबाही गर्ने बुँदा चाहीँ कस्सिएर बाचन गरिन् । यसैबाट पनि ओली सरकार नागरिकप्रति कति संवेदनशिल छ भनेर बुझाउँछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यकर्ता पोस्ने फण्डका रुपमा नेकपाले दुरुपयोग गर्दै आएको छ । झार गोड्न र बाटो भत्काउने अनि बनाउने काम यही कार्यक्रम अन्तर्गत भएका थिए । यद्यपि नीति कार्यक्रममा राष्ट्रपतिले अब फजुल र अनुत्पादक क्षेत्रमा खर्च नगरिने पनि वाक्यको प्रयोग गरेकी छन् ।
कोरोनाबाट प्रभावित आम नागरिक अहिले सरकारबाट राहतको आशामा छन् । विगत दुई महिनादेखि घरमा थुनिएका निम्न र मध्यम वर्गीय जनताको बेहाल भइसकेको छ । उद्योगधन्दा चौपट भएका छन् । तिनलाई राज्यले संरक्षण नगर्ने हो भने सबै धराशायी हुने अवस्था छ । त्यसैले आम जनताले नीति कार्यक्रमबाट यसमा संवोधन हुने अपेक्षा गरेका थिए । सरकारले बार्षिक बजेट पेश गर्नुअघि त्यसको खाका सार्वजनिक गर्छ । त्यो भनेको सरकारको नीति तथा कार्यक्रम हो । त्यसैका आधारमा बजेट ल्याइने हो । जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट पेश गर्दै छ । उक्त बजेटको खाका भनेको नीति तथा कार्यक्रम नै हो । अब अनुमान लगाउन सकिन्छ कि बजेटमा पनि आम नागरिकलाई कुनै आकर्षक राहत प्याकेज आउने छाँट छैन ।
निकट भविष्यमा देशले भोग्ने ठूलो पीडा हो बेरोजगारी । कोरोनाका कारण अहिल्यै लाखौं मानिस बेरोजगार भइसकेका छन् । बैदेशिक रोजगारीका लागि गएकाहरु अब धमाधम फर्कने छन् । दशैं लाख युवा स्वदेश फर्किएपछि बेरोजगारी भयावह हुने अवस्था छ । तिनलाई स्वरोजगार बनाउन सरकारले ठोस नीति ल्याउनुपर्ने हुन्छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रोजगारी कटौती हुने र बेरोजगारी बढ्ने स्वीकार गरेपनि त्यसमा कसरी विजय प्राप्त गर्ने भन्ने ठोस कार्यक्रम चाहीँ दिइएको छैन । केवल केही शब्दले मात्र समस्या उजागर गरिएको छ । जस्तो की नीति तथा कार्यक्रममा भनिएको छः– बेरोजगारहरुको संभावित पंक्तिलाई व्यावसायिक कृषि,बृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा प्रयोग गरिने छ ।
जस्तो की प्रधानमन्त्री ओलीको जन्मस्थान तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनेदेखि रेलमार्ग, पानी जहाज, संसद् भवन निर्माण जस्ता बेतुकका कार्यक्रमलाई प्रमुखताका साथ उठाइएको पाइन्छ । तर यसरी कनिका छरे जस्तो गरी कार्यक्रम सञ्चालन गर्ने आर्थिक स्रोत भने केही छैन । कोरोनाका कारण आन्तरिक स्रोत परिचालन हुन सकेको छैन भने रेमिट्यान्ससमेत स्वात्तै घट्ने निश्चित छ । यी कार्यक्रम सञ्चालन गर्ने कुनै भरपर्दाे स्रोत देखिँदैन ।
संभावित बेरोजगारहरुलाई यी क्षेत्रमा प्रयोग गर्ने शब्द बाहेक कुनै ठोस योजना चाहीँ दिइएको छैन । जसले गर्दा नीति कार्यक्रम कार्यान्वयनमुखी वा राहतमुखी भन्ने अवस्था रहेन । बैदेशिक रोजगारीबाट फर्कनेहरुका लागि उद्यम ब्यवसाय गर्न सुरुआती पुँजीको व्यवस्था गरिने भनेपनि त्यसको ठोस आधार भने दिइएको छैन । बरु विगतमा ज्यादै आलोचित भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई भने यसपालासमेत निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैबाट पनि ओली सरकार रोजगारी सिर्जनाप्रति कस्तो सोच र धारणा राख्दो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यकर्ता पोस्ने फण्डका रुपमा नेकपाले दुरुपयोग गर्दै आएको छ । झार गोड्न र बाटो भत्काउने अनि बनाउने काम यही कार्यक्रम अन्तर्गत भएका थिए । यद्यपि नीति कार्यक्रममा राष्ट्रपतिले अब फजुल र अनुत्पादक क्षेत्रमा खर्च नगरिने पनि वाक्यको प्रयोग गरेकी छन् ।
ओली सरकारले हिजो संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले विगतमा जस्तै फेरि कनिका छर्ने बजेट ल्याउँदै गरेको छनक दिएको छ । किनभने ससाना कार्यक्रमलाई समेत समेटिएको छ । जस्तो की प्रधानमन्त्री ओलीको जन्मस्थान तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनेदेखि रेलमार्ग, पानी जहाज, संसद् भवन निर्माण जस्ता बेतुकका कार्यक्रमलाई प्रमुखताका साथ उठाइएको पाइन्छ । तर यसरी कनिका छरे जस्तो गरी कार्यक्रम सञ्चालन गर्ने आर्थिक स्रोत भने केही छैन । कोरोनाका कारण आन्तरिक स्रोत परिचालन हुन सकेको छैन भने रेमिट्यान्ससमेत स्वात्तै घट्ने निश्चित छ । यी कार्यक्रम सञ्चालन गर्ने कुनै भरपर्दाे स्रोत देखिँदैन । वाह्य स्रोत परिचालनको संभावना न्यून भएकाले आन्तरिक स्रोतको भरपर्दाे आधार तयार गर्न भने नीति तथा कार्यक्रम चुकेको छ ।
यसरी समग्रमा हेर्दा सरकारले पेश गरेको नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय लागेपनि कार्यान्वयनका लागि भने चुनौतीको पहाडको फेदमा देखिन्छ । अब आउने बजेट पनि नागरिकलाई राहत भन्दा आन्तरिक स्रोत परिचालनमुखी हुने अनुमान गर्न सकिन्छ । जसको प्रत्यक्ष प्रभाव जनतामा थोपरिने छ । आन्तरिक उत्पादन र सेवामा करको दरमा ठूलो फेरबदल हुन सक्ने संभावना रहेको छ । त्यसको भार फेरि पनि सर्वसाधारणलाई नै पर्ने हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार