ओलीको नक्कली राष्ट्रवादको रहस्य
इन्द्र रिजाल
जेठ ३, २०७७ शनिबार २०:२६:८
३ जेठ, काठमाडौं । २०७२ मा गएको विनाशकारी भूइँचालोले नेपालको राजनीतिक विरासत नै बदलिदियो । भूइँचालोपछि बहुचर्चित एवं बहुप्रतिक्षित नेपालको संविधान जारी ग¥यो संविधानसभाले । २०७२, असोज ३ गते संविधानसभामा झण्डै ९६ प्रतिशतको समर्थनमा नेपालको संविधान जारी भयो । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षको दवाव टेरेनन् । संविधान जारी भयो । त्यसपछि भारतले मधेशवादी दलको उक्साहटमा आएर नेपालमा अघोषित रुपमा नाकाबन्दी गरिदियो ।
ओली भारतको सबैभन्दा भरपर्दा नेता थिए, आज पनि छन् । त्यही भएर जसरी पनि ओलीलाई सत्तामा ल्याउन भारतले षडयन्त्र रचेको थियो । भारतको चर्काे विरोध नगरेसम्म सत्तामा लैजान गाह्रो हुने बुझेको भारतीय पक्षको डिजाइनमै ओली सत्तामा आए । त्यसपछि उनले स्वामीभक्तिमा देखाएका घटनाक्रमको लामै सूची तयार गर्न सकिन्छ । पछिल्लो घटना भने लिपुलेक काण्ड हो ।
त्यसको लाभ उठाए– तत्कालिन नेकपा अध्यक्ष केपी ओलीले । नाकाबन्दीको चर्का विरोध गरेजस्तो भान भयो नेपाली जनतालाई । त्यसैको बलमा ओलीले जनताको अपार समर्थन पाए गएको आम निर्वाचनमा । माओवादीसँग गठबन्धन बनाउन सफल भए । तर त्यसका पछाडिको कारण थियो,त्यही भारत । भारतकै चाहनामा पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग गठबन्धन गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी प्रचण्डले सत्ता नछाडी ओलीसँग गठबन्धन गरेर अनैतिकताको पराकाष्टा देखाएका थिए ।
ओली भारतको सबैभन्दा भरपर्दा नेता थिए, आज पनि छन् । त्यही भएर जसरी पनि ओलीलाई सत्तामा ल्याउन भारतले षडयन्त्र रचेको थियो । भारतको चर्काे विरोध नगरेसम्म सत्तामा लैजान गाह्रो हुने बुझेको भारतीय पक्षको डिजाइनमै ओली सत्तामा आए । त्यसपछि उनले स्वामीभक्तिमा देखाएका घटनाक्रमको लामै सूची तयार गर्न सकिन्छ । पछिल्लो घटना भने लिपुलेक काण्ड हो ।
लिपुलेक नेपालको अभिन्न अंग भएको स्वयं भारतले लामो समय स्वीकारेको यथार्थ हो । सन् १८१६ को सुगौली सन्धिले प्रष्टसँग काली नदीलाई दुई देशको सीमा मानेको छ । त्यही भएर कालापानीमा सेना राखेपनि भारतले औपचारिक रुपमा उक्त भूमि आफ्नो भन्न सकेको थिएन । तर गएको असोजमा भारत सरकारले जारी गरेको राजनीतिक नक्शामा लिपुलेक उसको भूभाग बनायो । विभिन्न राजनीतिक दल र नागरिक समाजले संसददेखि सडकसम्म आवाज बुलन्द गरेपछि ओली सरकारले एउटा सामान्य वक्तव्य जारी ग¥यो । तर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न कुनै ठोस पहल भने गरेन ।
तर वास्तविकता भने अर्कै छ । प्रधानमन्त्री ओलीले कडा वक्तव्य र भारतीय राजदूतलाई विरोधपत्र बुझाएको नाटक गरेपछि जिम्मेवारी पन्छिएको ठानेका थिए । त्यसैले सरकारको नीति तथा कार्यक्रममा उक्त भनाई समावेश गरिएको थिएन । अन्तिम समयमा मात्र उक्त वाक्य घुसाइएको थियो । जसले नेकपा र ओलीको नाक जोगिएको हो ।
गत बैशाख २६ गते भारतले विचित्रको काम ग¥यो । कोरोनाविरुद्ध संसार लडिरहेका बेला उसले लिपुलेकबाटै तिब्बतसँग व्यापार विस्तार गर्ने लिंकरोडको उद्घाटन ग¥यो । उक्त घटनाले नेपाल फेरि तात्यो । लकडाउनकै अवस्थामा भारत विरोधी गतिविधि सडकदेखि संसदमा जोडदार रुपमा अघि बढे । अनि बाध्य भएर ओली सरकारले फेरि अर्काे कडा बक्तव्य जारी ग¥यो । सर्वदलीय बैठक गरी ओलीले उद्घोष गरे– पुर्खाले लडेर स्थापित गरेको भूमि फिर्ता गरिने छ ।
यति भनेको तीन दिन नबित्दै उनले हिजो संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । ओली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लावा लस्करसहित संसद भवन पुगिन् । वाचनका क्रममा उनले भनिन्– करिब ७० वर्षदेखि भारतको अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा,लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने छ । राष्ट्रपतिको यो भनाईमा धेरै सांसदले समर्थन जनाए । लामो समय ताली बजाए । तर वास्तविकता भने अर्कै छ । प्रधानमन्त्री ओलीले कडा वक्तव्य र भारतीय राजदूतलाई विरोधपत्र बुझाएको नाटक गरेपछि जिम्मेवारी पन्छिएको ठानेका थिए । त्यसैले सरकारको नीति तथा कार्यक्रममा उक्त भनाई समावेश गरिएको थिएन । अन्तिम समयमा मात्र उक्त वाक्य घुसाइएको थियो । जसले नेकपा र ओलीको नाक जोगिएको हो ।
यसैबीच नेता माधवकुमार नेपालले नीति कार्यक्रम फाइनल नै भईसकेको भए किन बोलाइयो भन्दै प्रतिवाद गरे । साथै उनले नीति कार्यक्रममा लिपुलेकबारे के कुरा राखिएको छ भनेर जिज्ञासा राखे । ओलीले खासै केही नभएको जानकारी दिएपछि माधव कड्किए– नेकपाको साख बचाउने हो भने प्रष्टसँग ती भूभाग नेपालको अंग भएको र तत्काल सबै समेटेर राजनीतिक नक्शा जारी गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ । नेपालको भनाइप्रति अर्का नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले समर्थन गरे ।
नेकपा स्रोतका अनुसार, हिजो नीति तथा कार्यक्रम पेश गर्ने दिन बिहान नेकपा सचिवालय बैठक बोलाइयो । अजेण्डा थियो–संसदमा नीति तथा कार्यक्रम पेश गरिने । साँझ संसदमा राष्ट्रपतिले वाचन गर्ने भनी सबै तयारी पूरा गरी शीतल निवास पठाइसकिएको थियो । केवल औपचारिकताका लागि ओलीले बैठक बोलाएका थिए । यति कुरा बुझेका सचिवालय सदस्यहरु, जो भूतपूर्व प्रधानमन्त्रीसमेत हुन् लुरुलुरु बालुवाटार पुगे ।
बैठक सुरु भएपछि ओलीले आफ्नाे पूर्व शैली अनुरुप लामो भाषण छाँटे । सचिवालय सदस्यहरु भाषण सुन्दै बसे । यसैबीच नेता माधवकुमार नेपालले नीति कार्यक्रम फाइनल नै भईसकेको भए किन बोलाइयो भन्दै प्रतिवाद गरे । साथै उनले नीति कार्यक्रममा लिपुलेकबारे के कुरा राखिएको छ भनेर जिज्ञासा राखे । ओलीले खासै केही नभएको जानकारी दिएपछि माधव कड्किए– नेकपाको साख बचाउने हो भने प्रष्टसँग ती भूभाग नेपालको अंग भएको र तत्काल सबै समेटेर राजनीतिक नक्शा जारी गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ । नेपालको भनाइप्रति अर्का नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले समर्थन गरे ।
स्रोत भन्छ– अनि मात्र ओलीले त्यहींबाट मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरी थप गर्न अह्राए । त्यसैको प्रतिफल स्वरुप राष्ट्रपति भण्डारीले संसदमा लोकप्रिय भाषण गर्न पाइन् । ओली कहिल्यै राष्ट्रवादी नेता होइनन्, साथै उनले नेपालको सार्वभौमताको रक्षा भन्दा भारतीय पक्षपोषण नै सत्ताको शर्त भएको बुझेका छन् । यो प्रकरणमा पनि ओलीको नक्कली राष्ट्रवाद एकपटक फेरि खुस्किएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार