भारत मध्य प्रदेशका नौ जिल्ला कोरोनामुक्त घोषित
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २१:२६:४८
३ जेठ, एजेन्सी । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी दिए ।
उनका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन् । गत शुक्रबार बसेको समिक्षा बैठकले ती जिल्लाहरुको अवस्थाका बारेमा समिक्षा गर्दै कोरोनामुक्त जिल्ला घोषणा गरेको हो ।
यी जिल्लाहरुमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरु नदेखिएपनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उनको भनाई छ । राज्यभरी कोरोना भाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिए ।
उनले शुक्रबार मात्रै थप पाँच हजार ८२२ जनाको स्वाब नमुना संकलन गरिसकिएको पनि बताए । यस प्रदेशमा अहिलेसम्म ९३ हजार ८४९ जनाको नमुन परिक्षण गरिएको थियो । शुक्रबारसम्ममा प्रदेशभरी चार हजार ५९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार