
४ जेठ, काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको जोखिम मोटो मानिस उच्च रहेको पाइएको छ । अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको सबैलाई थाहा थियो तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ।
अहिले संसारभरि प्रकोप बनेको कोरोना भाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो । अमेरिका, इटली र चीनमा हालै गरिएका प्रारम्भिक अध्ययनहरूले पनि त्यसलाई जोखिमको महत्त्वपूर्ण कारण देखाएका छन्। पुरानो स्वास्थ्य समस्या, पुरुष र बढी उमेर कोभिड-१९ का कारण गम्भीर बिरामी पर्ने जोखिम बढाउने कारणहरू हुन्।
किन मोटो मानिसलाई बढी जोखिम ?
जति बढी वजन हुन्छ शरीरमा त्यति धेरै बोसो रहन्छ। शरीर चुस्त रहँदैन। त्यसले फोक्सोको क्षमतामा असर गर्छ। अर्थात् रगत र शरीरभरि अक्सिजनको प्रवाह कम हुन्छ। त्यसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ।
युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नवीद सत्तारका अनुसार धेरै वजन भएकालाई अक्सिजन पनि धेरै चाहिन्छ। त्यसको अर्थ हो शरीरको प्रणालीमा निकै धेरै दबाव हुन्छ । बढी तौल भएका र मोटोपनाका मानिसहरूलाई आइसीयुमा रहँदा श्वास फेर्ने र मृगौला चलाउने सहयोग चाहिनु यसैकारण हो।
जोगिन के गर्ने ?
कोभिड- १९ जस्ता गम्भीर सङ्क्रमणको विकास नहुँदासम्म त्यो कुरा देखिँदैन। त्यसले शरीरमा अतिरिक्त दबाव दिन्छ। आइसीयू कक्षमा मोटोपना भएका मानिसको व्यवस्थापन पनि चुनौतीपूर्ण बन्न सक्छ। खासगरी तौलका कारण स्क्यान गर्ने र पाइप लगाउने काम थप कठिन हुन्छ।
त्यसैले राम्रो उपाय भनेको स्वस्थ र सन्तुलित खाना खाने अनि नियमित व्यायाम गर्नु हो। समाजिक दुरी राख्नुपर्ने अवस्थामा पनि हिँड्ने, हल्का दौडिने र साइकल चलाउने राम्रा विकल्प हुन्।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट