आखिर लकडाउन कहिलेसम्म ?
कुसुम सेञ्चुरी
जेठ ५, २०७७ सोमबार १८:३५:४३
समाचार विश्लेषण
५ जेठ, काठमाडौं । नेपालमा आजबाट छैटौं चरणको लकडाउन समाप्त हुँदैछ । तर भोलिबाटै सातौं चरण अन्तर्गतको १५ दिने अर्काे लकडाउनको थालनी पनि हुँदैछ । गत चैत ११ बाट जारी लकडाउन निरन्तर जारी छ । तर कोरोना संक्रमण थामिएको छैन । बरु पछिल्लो चरणमा त बिरामीले मृत्युवरण नै गर्नु परिरहेको छ । त्यसैले भोलिबाट थपिएको लकडाउनप्रति नागरिक तहमा ठूलो आक्रोश वा निराशा नहोला । तर लकडाउन नै संक्रमणको अन्त्य गर्ने उपाय चाहिं पक्कै होइन ।
केपी ओली यतिबेला राजनीतिक रुपमा ठूलै तनावमा छन् । जनताले प्रचण्डमत दिएर उनको पार्टीलाई सत्तामा पु¥याएको छ, तर महामारीमा समेत राजकीय सत्ताको लुछाचुँडीमा नेतृत्व निर्लिप्त छ । त्यसले आम नागरिकलाई दुखी तुल्याउने काम त भएकै छ, पार्टी पंक्तिमा समेत षडयन्त्रपूर्ण गतिविधि भएका छन् । त्यसले गर्दा ओलीको शासकीय ताकत कमजोर भएको छ । पार्टीभित्रको रडाको मिलाउन उनलाई हम्मेहम्मे परिरहेको प्रष्टै छ । जसले गर्दा ओली यतिबेला प्रतिरक्षात्मक अवस्थामा घचेटिएका छन् । राजनीतिक रुपमा भएको क्षति परिपूर्ति गर्न कतै ओली लकडाउन लम्ब्याउन उद्यत् भएका त हैनन् ? कतिपयको यस्तो आशंका पनि छ ।
तर नेपालमा भने सरकारले जनतालाई घरमा थुन्ने र आफू चाहिं सत्ताको लुछाचुँडीमा जाकिने काम गरेको छ । अहिले पनि कोरोनाबिरुद्ध अग्रपंक्तिमा युद्ध लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइएन । जसले गर्दा आम नागरिकमा निराशा व्याप्त छ ।
लकडाउन कोरोनासँग भिड्ने प्रभावकारी उपाय अवश्य पनि हो । किनभने यो भाइरस मार्ने खोप तयार भइसकेको छैन । त्यसैले रोग लाग्नै नदिन मानिससँगको घुलमिल कम गर्न लकडाउन अचुक अस्त्र त हो । तर लकडाउन मात्रै गरेर समस्याको हल खोज्न सकिन्न । यो त केवल तयारी गर्ने समय मात्र हो । छिमेकी भारतले लकडाउन गरेपछि स्वास्थ्यकर्मीको मनोबल उँचो बनायो । कोरोनाबिरुद्ध फ्रण्टलाइनमा बस्न हिम्मत दियो । सरकारले पर्याप्त पीपीई र स्वास्थ्य सामग्रीको जोहो गरिदियो । तर नेपालमा भने सरकारले जनतालाई घरमा थुन्ने र आफू चाहिं सत्ताको लुछाचुँडीमा जाकिने काम गरेको छ । अहिले पनि कोरोनाबिरुद्ध अग्रपंक्तिमा युद्ध लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइएन । जसले गर्दा आम नागरिकमा निराशा व्याप्त छ ।
लकडाउन नगरेको भए अवस्था अझै भयावह हुने थियो, त्यो पक्का हो । तर लकडाउनको सदुपयोग किन भएन र भईरहेको छैन भन्ने प्रश्नको उत्तर सरकारले दिन सकेन । महामारीलाई समेत कमिशन र भ्रष्ट्राचार गर्ने अवसरका रुपमा सत्ताधारीले लिए । भारतबाट आउनेबाटै धेरै जसो संक्रमण फैलिएको छ । तर सरकार तिनीहरुलाई व्यवस्थित गर्न सकिरहेको छैन । यसको दोषी को हो ? सर्वेसर्वा ओली नै मु्ख्य दोषी र जिम्मेवार हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चाहिं भन्छन्– जान हैं तो जहान हैं । हाम्रा प्रधानमन्त्री ओली चाहिं जुन अवधारणाले सत्ता लम्बिन्छ, त्यही उचित ठान्छन् । नभए दुई साताअघि उनकै मन्त्रीमण्डलले अर्थतन्त्रलाई चलायमान गराउन लकडाउन केही खुकुलो पार्ने निर्णय गरे । लगत्तै सडकमा भीडभाड बढ्यो । ओलीबिरुद्ध सडकमा नारा जुलुस नै हुनथाले ।
लकडाउनमा पर्याप्त परीक्षण गरिएको भए यस्तो दुर्दशा हुने थिएन । किनभने समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न पाइन्थ्यो । त्यो भएन । अहिले परीक्षणको दायरा बढाइएको छ । त्यसैले संक्रमितको संख्या पनि ज्यामितीय ढंगले उकालो लाग्दो छ । लकडाउन सुरु भएको तीन सातासम्म संक्रमण दर केही बढ्यो । फेरि दुई साता संक्रमित संख्या खुम्चिएको पाइयो । तर पछिल्ला केही सातामा भने संक्रमितको संख्या ह्वात्तै बढ्यो । किनभने पछिल्लो चरणमा परीक्षणको दायरा बढाइएको छ । यसैले पनि बुझ्न सकिन्छ जति परीक्षण भयो, संख्या पनि थपिने निश्चित छ ।
अब के गर्ने त ? सधैं लकडाउन तन्काइरहने ? यो सवाल हाम्रा लागि ज्यादै पेचिलो बनेको छ । एकथरि मानिस भन्छन्, अर्थतन्त्र पहिलो रोजाई । अर्का थरि भन्छन, हैन– जीउ रहे घीउ खान पाइन्छ । यी दुई अवधारणामा अहिले सारा संसार नै विभाजित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रोजाईमा अर्थतन्त्र पहिलो प्राथमिकता हो । उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चाहिं भन्छन्– जान हैं तो जहान हैं । हाम्रा प्रधानमन्त्री ओली चाहिं जुन अवधारणाले सत्ता लम्बिन्छ, त्यही उचित ठान्छन् । नभए दुई साताअघि उनकै मन्त्रीमण्डलले अर्थतन्त्रलाई चलायमान गराउन लकडाउन केही खुकुलो पार्ने निर्णय गरे । लगत्तै सडकमा भीडभाड बढ्यो । ओलीबिरुद्ध सडकमा नारा जुलुस नै हुनथाले । नेकपाकै कतिपय नेताहरुले ओली प्रवृत्तिको विरोधमा आन्दोलनकारीलाई बल प्रदान गरे । लगत्तै ओलीले भने– काठमाडौंमा पनि लकडाउन छ र ? त्यसैले उनको नीति ताक परे तिवारी नत्र गोतामे देखियो ।
किनभने लकडाउनको विकल्पमा ओली सरकारले कुनै योजना नै बनाएन । लकडाउन नगरौं, संक्रमण नियन्त्रण बाहिर पुग्ने, निरन्तर गरौं मानिस खानै नपाउने गरी भोकमरीको अवस्था निम्त्याउने । यस्तो विचित्रको अवस्थामा हामी उभिएका छौं ।
लकडाउनका बेला पर्याप्त तयारी गर्नेतिर ओली सरकारको अरुचि देखिएको छ । यो क्रम आगामी दिनमा पनि कायमै रहने बुझ्न सकिन्छ । लकडाउन खुकुलो हुने वित्तिकै फेरि संक्रमण थाम्नै नसक्ने अवस्थामा पुग्ने निश्चितै छ । त्यसैले हामीले लकडाउन बिनातयारी खोल्यौं भने के होला ? प्रश्न बढो संगीन छ । कोरोना भाइरसबिरुद्धको खोप तयार नभएसम्म कुनै न कुनै रुपमा यो विश्वभरि नै रहन्छ । खोप पत्ता लाग्दासमेत नेपालमा आउन अझै समय लाग्छ । सर्वसाधारणको पहुँचमा सहजै पुग्न त कति हो कति । यस्तो जोखिमपूर्ण अवस्थामा लकडाउन कायमै राख्ने कि खोल्ने भन्ने प्रश्न आफैंमा अनुत्तरित छ ।
लकडाउनबारे विश्वमत नै विभाजित भएकाले नेपालले एउटा अवधारणा बनाउन मुश्किल छ । अमेरिका र युरोपले लकडाउन विस्तारै खुकुलो पारेका छन् । तर त्यहाँका जनता भने घरबाट बाहिर निस्कन डराइरहेका छन् । कतै कोरोनाले विश्व अर्थतन्त्रमा अमेरिकालाई चीनले पो उछिन्ने हो की भन्ने त्रास ट्रम्पमा परेको भान हुन्छ । उता, भारतले चाहि लकडाउन जारी पनि राख्ने र अर्थव्यवस्थालाई पनि गति दिने नीति अख्तियार गरेको छ । तैपनि लकडाउन पूरै हटाउने पक्षमा भारत पनि देखिएको छैन । यसरी हेर्दा लकडाउनबारे विश्व मत दुई ध्रुवमा रहेको प्रष्ट हुन्छ ।
यस्तो विषम अवस्थामा नेपालले चाहिं के गर्नुपर्ला ? भन्ने प्रश्नको उत्तर पाउन सजिलो छैन । किनभने लकडाउनको विकल्पमा ओली सरकारले कुनै योजना नै बनाएन । लकडाउन नगरौं, संक्रमण नियन्त्रण बाहिर पुग्ने, निरन्तर गरौं मानिस खानै नपाउने गरी भोकमरीको अवस्था निम्त्याउने । यस्तो विचित्रको अवस्थामा हामी उभिएका छौं । त्यसैले अबको केही समय विश्वका अरु मुलुकले अपनाउने रणनीति नै हाम्रो यात्राको आधार बनाइनु पर्छ । अमेरिकाले लकडाउन खोलेपछि कस्तो प्रभाव पर्ला, वा भारतले अपनाएको नीतिको असर कस्तो आउला ? यो हेरेर नै हामीले कदम चाल्नुको विकल्प छैन । किनभने जनताप्रति जिम्मेवार सरकार हामी कहाँ छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार