डुब्न लाग्याे सिभिल बैंक ! लगानीकर्ता जिल्ल ? कर्मचारी खर्च भने दिनप्रतिदिन चुचुरोमा पुग्दै
आर्थिक संवाददाता
जेठ ५, २०७७ सोमबार २०:५५:२४
५ जेठ, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंक मध्ये सबैभन्दा थोरै लाभांश दिएको सबैभन्दा कान्छाे सिभिल बैंकले कोरोनाको कारणले सिर्जित लकडाउनले गर्दा बैंकको वितरणयोग्य मुनाफा झन् ऋणात्मक हुँदा शेयरधनीले टाउकोमा हात राखेर बस्नु बाहेक अर्को विकल्प देखिएको छैन । बैंकमा संस्थागत सुशासनको चरम अभाव र बैंक अध्यक्ष नै टाट पल्टिएपछि सिभिल बैंक कुनैपनि बेला डुब्नसक्ने अनुमान गर्न सकिन्छ ।
वार्षिक प्रतिशेयर आम्दानी जम्मा ६ रुपैयाँ हुनुले पनि बैंकको अवस्था प्रस्ट देखिन्छ । कुनैबेला संस्थागत सुशासनकाे चरम अभावमा वित्तीय स्वास्थ्य बिग्रदै गएर किष्ट बैंक प्रभु विकास बैंकसँग मर्जरमा गएको थियो । त्यस्तै याे बैंक दिन प्रतिदिन कमजोर हुँदा कुनैदिन सिभिल बैंकलाई विकास बैंकले मर्जमा लगेर गएमा कुनै अनौठो मान्नु पर्ने छैन । लामाे समयदेखि सिभिल बैंकमा लगानी गर्नेहरूले नै असन्तुष्टि व्यक्त गरिरहेकाे सुन्न पाइन्छ ।
लगानीकर्ताले बैंककाे शेयरमा भन्दा बरु अन्य बैंक तथा वित्तीय संस्थामा पैसा राख्न ठिक हुने रहेछ भन्ने जस्ता अभिव्यक्ति दिएका थुप्रै उदाहरण पनि छन् । लगानीकर्ताहरु सिभिल बैंकले प्रदान गरेको लाभांशबाट खुशी नभएको प्रस्ट देखिन्छ । साधारण सभामा शेयरधनीहरुले बैंकको संचालन खर्च अस्वाभाविक रुपमा वृद्धि हुँदै जानु ठिक नभएकाे पटकपटक बताइसकेका छन् । त्यस्तै मुनाफा तुलनात्मक रूपमा अन्य बैंककाे तुलनामा हरेक वर्ष घट्दै जानुको कारण के हो भनेर गएकाे साधारण सभामा नै शेयरधनीहरूले चर्को रुपमा प्रश्न उठाएका थिए ।
सिभिल बैंक लिमिटेड संचालक समितिको अध्यक्षमा इच्छाराज तामाङ रहेका छन् । अध्यक्ष तामाङ इन्जिनियर हुन् । उनी बेला बेलामा विवादमा आउने पात्र हुन् । बैंकका अध्यक्ष ईच्छाराज तामाङले सिभिल बहुउद्देश्यीय सहकारी संस्थामा अरबौंको घोटाला गरि बैंकिङ कसुरको आशंकामा सारा कारोबार, बैंक खाता र सम्पति नै रोक्का भएपछि बैंक कुनैपनि बेला ढल्ने आशंका गरिएको छ । यस बैंकमा अध्यक्ष तामाङको एकलौटी हालीमुहाली चल्दै आएको छ । त्यस्तै अन्य संचालक सदस्यहरुमा अम्बिर बोगटी, प्रकाश तयाल, प्रतापजंग पाण्डे, भीमानन्द ढुङ्गाना, युगेशबहादुर मल्ल र शम्भुप्रसाद पन्त रहेका छन् । यसैगरी बैंकको उच्च व्यवस्थापनमा गोविन्द गुरुङ्ग सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकर सुनिलकुमार पोखरेल नायव सीईओको रुपमा कार्यरत छन् ।
बैंकमा कर्मचारी संचय कोषको सर्वाधिक ४७ लाख ९५ हजार कित्ता शेयर रहेको छ । कर्मचारी संचय कोषको बैंकमा ५ दशमलव ९९ प्रतिशत शेयर रहेको कुरा कम्पनीको वार्षिक साधारण सभाको प्रतिवेदनमा देखिन्छ । यसरी संचय कोषले प्रतिफल एकदम न्यून आउने ठाउँमा लगानी गरेको देखिन्छ । यो भन्दा बैंकको व्याज खानु उचित निर्णय हुने रहेछ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानी सामान्य रूपमा बढेको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ७० करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५७ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ९ प्रतिशतले मात्र बढेको छ ।
खुद मुनाफामा पहिरो:
संचालन मुनाफा ३० प्रतिशतले घटेसँगै कम्पनीको खुद मुनाफा पनि २७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ४९ करोड ३८ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ३६ करोड ५ लाख मात्र खुद मुनाफा गरेको छ ।
जगेडा कोष, संचित मुनाफा दुवै घट्दै :
कम्पनीको जगेडा कोषमा १ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६० करोड रहेको जगेडा कोष अहिले १ अर्ब ५९ करोड पुगेको छ । तर संचित मुनाफा भने ३१ प्रतिशतले घट्दै ३७ करोड ५० लाख पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम छैन ।
Note : Loan and Advances Covers Customers Only
निक्षेप र कर्जा प्रवाहमा राम्रो वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह २० प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४९ अर्ब ८४ करोड निक्षेप संकलन गरी ५१ अर्ब ०१ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी ६ रुपैयाँ :
कम्पनीको प्रतिशेयर आम्दनी निकै कम रहेको छ। वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ १ पैसा छ ।
Note: Latest Market Price
मुल्य आम्दानी अनुपात २२ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य १३४ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात २२ गुणा आउँछ । अहिले केही राम्रा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १० गुणाको वरिपरि हुँदा वित्तीय अवस्था निकै नाजुक भएको सिभिल बैंकको मूल्य आम्दानी अनुपात २२ गुणा हुनु निकै ओभरभ्यालूड हो।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा १९ करोड ७ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा २२ करोड ३० लाख माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ ।
निस्कर्ष:
सिभिल बैंकले प्रगतिको पथमा भन्दा पनि ठीक उल्टो पथमा हिडेको देखिन्छ । प्रतिशेयर आम्दानी निकै लाजमर्दो छ । वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा विगतदेखि निराश लगानीकर्ता अब झन् जिल्ल बन्ने सम्भावना धेरै छ । बैंकले आफ्नो वित्तीय अवस्थामा प्रगति गर्न नसकेपनि बैंकले कर्मचारीहरुको तलब भत्ता शिर्षकमा भने ६१ प्रतिशतको वृद्धि गरेकाे देखिएको छ । बैंकले ३७ करोड खुद मुनाफा कमाएकोमा कर्मचारी खर्च भने ७६ करोड माथि छ । यसरी बैंक लगानीकर्ताको भन्दा पनि कर्मचारीहरुको लागि मात्र भएको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार